अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७८ भाद्र १६, बुधबार १३:०७ बजे

सुरेश यादव – नवलपरासी ,भदौ १६ । रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आमरण अन्शनमा बसेको छन् । भिम अस्पतालका कर्मचारी माथि भई रहेका अत्याचार, अन्याय र निरंकुशताको बिरोधमा ३ सुत्रिय माग सहित अस्पताका अहेबा गोपाल उपाध्यायले आमरण अन्शन सुरु गरेका हुन् ।

अस्पतालको मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले अस्पतालमा निरंकुशता देखाएको बताउदै तत्काल उनको सरुवा गर्नु पर्ने, अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल बिकास तर्फका अस्थायी कर्मचारी बिच असमान तलब र कोभिडमा खटिएका कर्मचारीहरुलाई स-सम्मान उनिहरुले पाउनु पर्ने कोभिड भत्ता भुक्तानीको माग राख्दै उपाध्यायले आमरण अन्शन सुरु गरेका छन् । उनिसंगै अस्पतालका शशिकान्त उपाध्याय लगायत अस्थायी कर्मचारीले पनि अन्शनमा साथ दिएका छन् ।

हिजो मात्रै भिम अस्पताल ब्यवस्थापन समितिले कोभिडको समयमा अस्पताललाई सहयोग गरेको बताउदै १ सय भन्दा बढीलाई प्रमाण-पत्र सहित सम्मान गरेको थियो । अस्पताल ब्यवस्थापन समितिले कोभिडमा खटिएका कर्मचारीलाई हेला गर्दै अन्यलाई मात्रै सम्मान गरेकोले केही स्वास्थ्यकर्मिले असन्तुष्टि जनाएका थिए ।

सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएका भिम अस्पतालका ३ जना स्वास्थ्यकर्मिलाई अस्पतालको मेसु शकुन्तला गुप्ताले स्पष्टिकरण सोधेकी थिईन । गुप्ताले अहेबद्वय गोपाल उपाध्याय, शशिकान्त उपाध्याय र डाक्टर सञ्जिव बाबु घर्तिलाई स्पष्टिकरण सोधिएको छ । सो स्पष्टिकरण पनि फिर्ता लिनु पर्ने अन्शनरत् स्वाथ्यकर्मिको माग रहेको छ ।

आमरण अनशनमा रहेको गोपाल उपाध्यायले अस्पतालमा निरंकुशता लाड्न खोजेको आरोप लगाएका छन् । कर्मचारीलाई हेपेर राख्न खोज्ने र आफ्नो केही कुरा राख्दा कर्मचारीलाई कार्यवाही गर्ने उनको बानी रहेको उपाध्यायले बताए ।

यस बिषयमा मेसु गुप्ताको प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क हुन सकेन । यता यसै बिषयमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालका केही कर्मचारीले मनोमानी गर्न खोजेको आरोप लगाएका छन् ।

अस्पतालमा अस्थायी तर्फका केही कर्मचारीले आफुखुशी अस्पताल चलाउन खोज्ने, सामाजिक सञ्जालमा जथाभावी अस्पतालको प्रतिष्ठामै आँच पुग्ने गरि आक्षेप लगाएको कारण मेसुले स्पष्टिकरण सोधको जानकारी दिए । भण्डारीले अस्पताललाई सहयोग गर्नेहरुलाई सम्मान गरेको र अबको केही दिनमा स्वास्थ्यकर्मिलाई पनि सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

उनले कार्यवाही गर्ने नगर्ने अधिकार अस्पताल ब्यवस्थापन समितिमा रहेको भए पनि तत्कालको लागी स्पष्टिकरण फिर्ता नलिने भण्डारीको भनाई छ । आन्दोलनकारीले सेवा प्रभावित गरे प्रशासनको सहयोग लिने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय