अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७८ आश्विन ११, सोमबार ०१:३८ बजे

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इण्डियनलाई हराएको छ ।

आइतबार दुबईमा भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो ।

बेङ्ग्लोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै मात्र १ सय ११ रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए।

बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा  ह्याट्रिक पूरा गरेका थिए ।

युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ तथा कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय  इनिङ्स खेले ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । पराजित मुम्बई ८ अंक जोडेर सातौं स्थानमा खुम्चिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय