२०८० जेष्ठ २१, आईतवार २०:५५ बजे

वीरगंज । सशस्त्र प्रहरीले सीमा सुरक्षाको जिम्मेवारी लिए पनि सीमा क्षेत्रमा अवैध तस्करी रोक्न नसकेको र त्यहाँ तैनाथ अधिकारीहरुनै तस्करीका लागि सहयोगी बनिरहेको रहस्य खुलेको छ ।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै मिलोमतोमा आसवारी, जानकीटोला र पाण्डेपुर लगायतका नाकाहरुबाट रातभरी रोगी राँगा, भैसी, पोल्ट्रीजन्य वस्तुहरू चल्ला र त्यारी बोइलर कुखुराको व्यापक रुपमा तस्करी भइरहेको समाचार प्राप्त भएको छ । नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ ।

सशस्त्र प्रहरी बल बिओपी भिखमपुरका इन्चार्ज डिएसपी प्रमोद खड्काको निर्देशनमा सीमा क्षेत्रमा तस्करी खुला गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

यसरी हुन्छ रोगी राँगा,भैसीं तस्करी , भारतीय तस्कर महादेवलाई लाईन ।

भारतका नामुदत तस्कर महादेव यादवले रातभरी मासुजन्य राँगा, भैसी तस्करीको लाईन पाएका छन। डिएसपी खड्काले मोटो रकम बुझी महादेवलाई मासुजन्य राँगा भैंसीको ठूलो लाइन दिएका छन् ।

महादेव यादव भारतका भैंसी तस्करीका मुख्य नाइकेका रुपमा रुपमा परिचित छन् । उनले जाहुल नामका व्यक्तिलाई सहायक र रेखदेख गर्नका लागि राखेका छन । उनले आसवारी, जानकीटोला र पण्डेपुर नाकाबाट निर्वाधरुपमा भैंसी तस्करी गर्दैआएका छन् ।

जगरनाथपुर पशु हाट बजार नेपाल–भारत सीमा क्षेत्र भन्दा ३–४ किलोमिटर पूर्वमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैंसीहरु भारतबाट अबैध रुपमा तस्करीको माध्यमबाट बजारमा ल्याई बजारबाट नेपाली भैंसी बनाएर कागजपत्र बनाई ट्रकमा लोड गरी काठमाडौं, पोखरा जस्ता बिभिन शहरमा पठाउने गरिएको छ । सशस्त्र प्रहरीसँगकै मिलोमतोमा खुलेआम भारतबाट नेपालमा दैनिक १ सयदेखि ३ सय वटा राँगा, भैँसी तस्करी भइरहेको छ ।

तस्करहरुले भारतका विभिन्न ठाउबाट भैसी राँगा किनेर डिएसपी खड्का सँग समन्वय गरी हरेक रात बोर्डर कटाई पशुहाट बजार जगरनाथपुर पठाउने काम गर्ने गरेका छन् । सीमा नाकादेखी जगरनाथपुरको बजारसम्म सशस्त्र प्रहरीकै निगरानी र स्कर्टिङमा भैसी राँगालाई जगरनाथपुर हाट पुर्याइने गरेको स्रोतको दाबी छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाका पुर्ब अध्यक्ष जालिम मियाँको छोरा जाकिर मियाँले संचालन गरेको पशु बजारमा भारतबाट तस्करी गरी ल्याएको भैसी राँगाको व्यापार तथा खरिद बिक्री भइरहेको स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन् ।

बुधवार राती मात्रै सशस्त्र प्रहरीको मिलेमतोमो जानकीटोला नाकाबाट ३०० मसुजन्य राँगा भैँसी भित्रिएको स्थानीयहरूले बताएका छन् ।

भारतका नामुद भैँसी तस्कर महादेव यादवले सशस्त्र प्रहरी बल बिओपी देखि गणका एसपी सुमन थपलिया र छिनमस्ता बाहिनीका डिआईजी सम्मलाई मिलाई राँगा भैँसीको तस्करी गर्ने गरेको स्थानीयहरूको आरोप छ । भारतीय नामुदत   तस्कर महादेव यादवलाई हाकिमसंग सेटिङ मिलाईदिने र  हाकिमको नाममा तस्करसंग रकम उठाउदै बिओपी मार्फत बाहिनी सम्म डिएसपी खड्काले पठाउदै आएको स्रोतले जनाएको छ ।

यति मात्र हैन पर्साको ग्रामिण भेगमा पर्ने आसवारी सिमानाकाबाट दुहिने भैंसी पनि रातिराती खुलेआम तस्करी भइरहेको छ ।

भारतीय साबुनको तस्करी

जानकीटोला नाकाबाट भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले भारतीय साबुन नेपालतर्फ तस्करी गर्न लाईन पाएका छन । भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेका छन ।

कुखुरा चल्लाको तस्करी

आसवारी नाकाबाट कुखुराको चल्ला ठुलो मात्रामा तस्करी भईरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतको इनर्वा र खमियामा पिकअपबाट झारेर रातीको समय मोटरसाईकल र पैदल भरियाको माध्यमले घोडदौरा आसवारी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

जिग्रोमिन नामक छिटो हुर्कने औषधी प्रयोग गरेको ठूलो साइजको त्यारी रोगी बोईलर कुखुरा नेपालतर्फ यसरी हुन्छ तस्करी । तस्करीको कुखुरा कहा कहाँ पुग्छ ?

नेपालमा भन्दा भारतमा कुखुराको प्रतिकिलो १ सय रुपैयाँ सस्तो पर्ने भएकोले तस्करहरू जानकीटोला र आसवारी सिमानाकाबाट रातिराती बोइलर कुखुरा ठुलो मात्रामा तस्करी गरीरहेका छन ।

मोटरसाइकलमा लामा लामा बाँस बाँधेर एकैपटक दर्जनौं नेटको झोलाभित्र कुखुरा हालेर तस्करी हुने गरेको छ।

जानकीटोला र आसवारी नाकाको बाटो तस्करी भएर आएका बोइलर कुखुरा पर्सा जिल्लाभरीको चौक चौकमा फ्रेस हाउस र होटलहरूमा दिने गरेका छन भने कतिले त कुखुरा फर्म दर्ता गराएर तस्करीका कुखुरा आफ्नो फर्मको हो भनेर नेपाली बिल बनाई बिरगंज ,जितपुर , हेटौंडा , नारायणगढ , पोखरा र काठमाडौंसम्म पठाउने गरेको तस्कर स्रोतले जनाएको छ।

भारतीय कुखुरामा जिग्रोमिन नामक छिटो हुर्कने औषधी प्रयोग गरेर बोइलर लगायतका बिभिन्न जातका कुखुरालाई एक महिनामा साढे दुईदेखि तीन किलोसम्मको बनाउने प्रक्रिया अपनाइन्छ भने त्यही औषधी प्रयोग गरेको संक्रमित कुखुराहरु दिनहुँ तस्करीहरुले जानकीटोला र आसवारी सीमानाका हुँदै नेपाल भित्र्याउने गरेका छन ।

जसका कारण भारतबाट भित्रिने संक्रमित फरक–फरक जातका कुखुराहरुले मानब स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउने भएकोले उपभेक्ताहरुले समयमै सचेतना अपनाउन आवश्यक छ ।

भारतीय सीमा नाका हुँदै नेपाल भित्र्याइने बिभिन्न जातका कुखुराहरुमा लेयरस, ब्रोइलर, प्यारेन्टस् लगायत बिभिन्न जातका कुखुरा भित्रिने गरेका छन् ।

जुन कुखुराहरु मानव स्वास्थ्यका लागि निक्कै हानिकारक भएपनि नेपाली बजारमा भने त्यो सहजै बिक्री बितरण हुने गरेका छन् । फलस्वरुप भारतबाट अवैध रुपमा दिनहुँ कुखुरा नेपाल भित्रिने परिपाटीको अन्त्य तथा रोकथामका लागि सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु अत्यन्तै जरुरी रहेको छ ।

सशस्त्र प्रहरी बल १३ नं. गण हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियासँग खुलेआम भइरहेको तस्करीका बारेमा बुझ्दा मेरो मातहतमा कुनै किसिमको तस्करी भएको छैन र सशस्त्र प्रहरीको कुनै सन्लगनता नरहेको बताए । हाम्रो जवान या बिओपी इन्चार्जले बदमासी या तस्करी गराएको पाईएमा प्रमाण छ भने दिनुस कार्वाही गर्छौ । तर उनले छिटपुट खेतको बाटो हुँदै भैंसी तस्करी भएको शिव्वकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय