अपडेट 
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी | प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ |
२०७८ श्रावण १६, शनिबार ११:४६ बजे

रंजित चौरसिया – बीरगंज, १६ श्रावण l पर्सा जिल्लाको पोखरिया नगरपालिकामा करोडौको बजेटमा अनियमितता भएको खुलासा भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले लुट मच्चाएका हुन ।
प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो ।

कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।

यतिसम्म मात्र नभइ नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पोखरीयाका दर्जनौ ब्यक्तिहरूलाइ ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम उनिहरुलाई खाली चेकमा सहि छाप लगाएर लिएको पिडितहरुले बताएका छन् ।

पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियार बोर्ड प्रतिनिधि र कर्मचारीको मिलोमतोमा करोडौको रकम हिनामिना गरिएको प्रमाण यस अनलाइनले फेला पारेको छ ।

गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय