रसुवामा एमाले अन्तर कलहको असर , शक्तिसंन्चय गर्दै सांसद मोहन आचार्य



रसुवा  ।एमाले अन्तर कलहको असर रसुवामा पनि प्रष्ट देखिने भएको छ । गएको निर्वाचनमा एमालेले प्राप्त गरेको 10278अब घटने भएको छ । जबकि काङ्ग्रेसले 14453 मत प्राप्त गरेको थियोे । माओवादीसँग मोर्चा बन्दा काङ्ग्रेसले प्राप्त गर्ने मत झन बढने देखिन्छ । यदि मोर्चा नबनेपनि काङ्ग्रेसको मत अगाडि देखिन्छ ।
काङ्ग्रेसले पछिल्लो समय एमाले कार्यकर्ताको सम्म मन जित्न सफल भएको छ। सांसद मोहन आचार्यले बिकास निर्माणमा एमाले कार्यकर्तालाई उतिकै महत्त्व दिएको एमाले कार्यकर्ता नै बताउछ्न । ओली प्यानल रसुवामा बलियो छ । त्यहा रहेका केहीले लाइन क्रस गर्ने ,निष्क्रिय बस्ने तथा भोट फरक प्यानलमा हाल्ने सम्भावना उतिकै रहेको छ ।
निर्वाचनमा भोटको अंकगणित निकै महत्त्वपूर्ण हुन्छ । मतदाताको आसय पनि जित्नेलाइ नै भोट हाल्ने हो ।यसैले मोहन आचार्यको बलियो सम्भावना बढ्दै गएको हो ।
मोहन आचार्यको सचिवालयमा रहेका काङ्ग्रेसका युवा नेता सुनिल पौडेलले आचार्यको नेतृत्वमा बिकास निर्माणले सार्थकता पाएको जानकारी दिए । उनी भन्छन् -सडक सञ्जालले नजोडिएको हाकु ,तिरुमा सडक पुर्याउने काम माननीयकै पहलमा भएको हो । यस्तै गोसाइकुण्ड जाने सडक निर्माणको लागि बजेट सुनिस्चितता भएको छ । बोगटीटार हुदै नौकुण्ड जाने सडकमा ४ वटा पक्कि पुल टेन्डर भइ निर्माण प्रकृयामा छ ।
कोभिडको बेला अग्र पङ्तिमा खटिनेहरुलाइ कोभिड बिमा भएको छ ।काठमाडौंमा समस्यामा रहेको ९३५ परिवारलाइ खाध्यान्न सहयोग भएको छ ।बन्दाबन्दिले काठमाडौबाट रसुवा जान नपाएका ६०० जनालाइ रसुवा सम्म पुर्याउने काम भएको छ। यस्ता धेरै काम हामीले गरेका छौँ । जस्ले जिल्लाबासीको मन जित्नेको छ ।
ब्यक्तिगत रूपमा सालीन शैलीका निर्माण ब्यबसायी हुन मोहन आचार्य । उनले जनता सबै अपेक्षा पुरा नगरे पनि जनता निरन्तर जोडिएको स्थानीय बताउछ्न ।
एमालेमा अन्तर कलह आउनु ,माओवादीसँग मोर्चाबन्दी टुटनु ,जनमत कमजोर हुनु आदि कारण रसुवामा एमाले खस्केको हो । यसको प्रत्यक्ष फाइदा मोहनलाई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज