देउवा निकट चौरसियाको नयाँ प्रस्ताव- संसदीय निर्वाचनपछि मात्र महाधिवेशन गरौँ



काठमाडौं २९ साउन

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य अजय चौरसियाले संसदीय निर्वाचनपछि मात्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चौरासियाले यस्तो प्रस्ताव गरेका हुन्।

‘कांग्रेस जिताउने हो भने पहिले संसदीय चुनाव गराउनुस्। त्यसो हुँदा प्रदेश र स्थानीय तहको चुनावमा टिकट पाउने आशमा अन्तर्घात हुँदैन। उचित निर्णय लिनुस्। कांग्रेस हाम्रा कारणले होइन, अघिल्लो लहरमा बसेकाहरूले बिगारेको हो,’ बैठकमा उनले भनेका थिए।

उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिएको प्रति आक्रोश व्यक्त गरेका छन्।

‘१३ औँ महाधिवेशनमा पनि विवाद थियो। के शुसील कोइरालाको घर घेरिएको थियो? बूढानीलकण्ठ घेराउ गर्ने? किन घेरियो? यसले कांग्रेसलाई कहाँ पुराउछ?,’ चौरासिया प्रश्न थियो, ‘मैले बोलेका तितो लाग्न सक्छ, नबोलेर पनि काम चलिरहेको छैन, पार्टीको विधान अनुसार कुन काम भइरहेको छ?’

केन्द्रीय समिति बैठक सुरु हुनुअघि बिहीबार बिहान नेपाली कांग्रेसका कार्यकर्ताले समयमा नै महाधिवेशन गर्न र क्रियाशील सदस्यताको विवाद टुंग्याउन माग गर्दै देउवा निवास बुढानीलण्ठ घेराउ गरेका थिए।

रमेश लेखक नेतृत्वको क्रियाशील विवाद टुंग्याएको उनको भनाइ थियो। कांग्रेस विषम परिस्थितिमा छ भएकाले विवाद गर्न नहुने उनको भनाइ थियो। ‘वरिष्ठ नेतालाई ओली सरकारले दिएको दुःख उहाँलाई थाहा होला। नेता कार्यकर्ताले योबीचमा मुद्दा खेपेका थिए। धेरै झगडा गर्नु भयो आउने चुनावमा उही नियति भोग्नु पर्छ। त्यसैले झगडा नगर्नुस्। विवाद भए मिलाउनुस्,’ उनले भनेका थिए। रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्न गएका बेला एमाले अध्यक्ष केपी ओली निकट कार्यकर्ताले अवरोध सिर्जना गरेका थिए। त्यही विषयलाई चौरासियाले संकेत गरेका थिए।

‘कांग्रेसरूपी जहाजको पाइलट तपाईंहरू हो, विवाद गरेर कांग्रेसको पक्षमा बन्दै गरेको माहोल तपाईंका विवादले नबिग्रियोस्, हामी तपाईंहरूको सहयोगी हौँ। तपाईंहरूको व्यवहारले कांग्रेसको भविष्य निर्धारण गर्नेछ,’ उनले भनेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज