अपडेट 
नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु |
२०७८ श्रावण ३०, शनिबार १३:५१ बजे

बिरगंज , ३० साउन । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ३५ बार्षिकोत्सवको उपलक्ष्यमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दैनिकको कार्यालय वीरगंज-११ मा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेको रत्तसंचार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान गर्नेहरूमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महासंघ पर्साका सदस्य धर्मेन्द्र चौरसिया, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज ) पर्साका कार्यवाहक अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित भुजेल, फोटो पत्रकार नितेश कश्याप, सञ्चारकर्मीहरू राधेश्याम पटेल, बलिराम शुक्ला “पर्सेली बाबु” , राजेश मिश्र, शिक्षाविद्ध भरत सहनी लगायतकाले रक्तदान गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका प्रमुख अधिकृत उदयराज शर्माको नेतृत्वमा रहेका रक्तसञ्चार केन्द्र वीरगंजका टोलीले प्रविधिक सहयोग गरेका प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठले बताउनु भयो ।

प्रतीक दैनिकले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष रक्तदान गर्दै आएको छ । अघिल्लो बर्ष झै यस वर्ष कोरोना महामारी र बर्षातको कारण रक्तदान कार्यक्रम प्रभावित भएको सो दैनिकका व्यवस्थापक/सम्पादक विकाश शर्माले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय