अपडेट 
सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन |
२०७८ श्रावण ३०, शनिबार १३:५९ बजे

बिरगंज , ३० साउन । वीरगञ्जको मुर्लीमा निम्न आर्थीक अवस्थाका परिवारलाई मध्यनजर गर्दै शनिवारदेखि भरपेट भोजनालय सञ्चालनमा आएको छ । सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्युन आर्थीक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालन गरेको हो ।

सुपत मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पनाका साथ स्थापित भोजनालयको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले उद्घाटन गरेका छन् । मात्रै ५० रुपैयाँमा भरपेट भोजन गराउने हेतुले सञ्चालित भोजनालयको उद्घाटन गर्दै नेता एवम् व्यवसायीसमेत रहेका रुंगटाले भोजनालयको शुभारम्भले समुदायमा रहेका विपन्न तथा गरिब वर्गहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

स्वागत मन्तव्य व्यक्त गर्दै सानो पाइलाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताए ।

समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न वर्गहरुले भोजनमा न्युन खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने झाको विश्वास छ । सामुदायिक सशक्तिकरणका लागि आफूहरु निरन्तर प्रयासरत रहेको चर्चा गर्दै उनले यस भोजनालयबाट विपद्का बेला निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सानो पाइलाका सभापति सुदीप लामाको सभापतित्वमा भएको समुद्घाटन समारोहमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवान, दिव्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेल, नेपालभोजपूरी समाजका ध्रुव सिंह ठकुरी, मानव सेवा आश्रमका प्रदेश २ संयोजक देवेश मानवसेवा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय