अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ श्रावण ३०, शनिबार १४:०१ बजे

बिरगंज , ३० साउन । गढीमाई डेरीले बिरगंजको पानीट्यांकी रोडमा आफ्ना उत्पादनको बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । शनिबार एक समारोहका बीच बिक्री कक्षको बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले संयुक्त रुपमा उद्घघाटन गरेका थिए ।

उद्घघाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले उद्यमीहरुलाई प्रोत्साहन गरेर रोजगारको सृजना गर्नुपर्नेमा जोड दिए । वीरगञ्जका उद्योग व्यवसायको क्षेत्रमा “बि नेचुरल” ले नयाँ आयाम थपेको बताउँदै राजपालले आगामी दिनमा अँझै परिवर्तीत र परिस्कृत सहित व्यवसाय फस्टाउँदै जाने बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले डेढ दशकभन्दा लामो समयदेखि दुग्धजन्य पदार्थको उत्पादन र विक्रि वितरणमा “बि नेचुरल”का सञ्चालक रबिन्द्र सिँहको महत्वपूर्ण योगदान रहेको बताए । साथै यस्ता उद्योगहरुलाई सञ्चार माध्यममार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषिमा आधारित पेशा र व्यवसायको बारेमा समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

” बी नेचुरल” मार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० देखि ७० जनाले रोजगार पाएको शोरुमका सञ्चालक रविन्द्र सिँहले बताए । प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी, बाराको निजगढका साथै सिन्धुलीमा समेत डिलर विस्तार भइसकेको जानकारी दिँदै सञ्चालक सिँहले आगामी दिनमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने लक्ष्य रहेको बताए । हाल २५ फ्लेवरमा आईसक्रिम उत्पादन भइरहेको र ग्राहकको माग र आवश्यक्ता अनुसार ५० फ्लेवरमा आइसक्रिम उत्पादन गर्न सक्ने सिँहको भनाई छ ।

डेरीले आफ्नो बिक्री कक्षमा आईसक्रिमको पकौडा पनि बिक्रीका लागि राखिने बताएको छ । पछिल्लो समय आईसक्रिम पकौडाका पारखीहरू बढ्दै गएकाले यसको उत्पादन थालिएको सञ्चालक सिंहले बताए । उद्घघाटन कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय