अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ श्रावण ३०, शनिबार १४:४७ बजे

महेश सिंह – सिरहा लहान ,३० श्रावण l सिरहाको सिरहा नगरपालिकाको वडा नम्बर – १९ सन्हैठा पुरानो चौकमा अस्पतालका लागी तीन तल्ले सुविधायुक्त भवन बन्नेभएको छ । १० शैयाको अस्पताल निर्माणका लागि नगरपालिकाले सिनर्जी l सुवेदी जेभी काठमाडौलाई ठेक्का दिएको हो ।

नगरपालिकाका नगर – प्रमुख अशेश्वर प्रसाद यादवले शुक्रवार बिधिबत रुपमा भवनको शिलान्यास गरेको थियो। वडा अध्यक्ष गोपाल प्रसाद यादव ,प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव,ईन्जिनियर उमेश यादव,ठेक्का कम्पनीको तर्फबाट निर्माण व्यबसायीका अधिकारीक प्रतिनिधि दिपेन्द्र ठाकुर लगायत स्थानीय बुद्धिजीवी ,समाजसेवीको संयुक्त रोहबरमा सिल्यानास गरिएको नगरपालिकाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको करिब१६ कठ्ठा क्षेत्रफलको जग्गामा भवन निर्माण कर्य सुरु गरिएको छ । २०७८ असार २० मा २ बर्षमा काम सम्पन्न हुनेगरी ठेक्का कम्पनीलाई नगरपालिकाले ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाको लागतमा भवन निर्माण गर्न सम्झौता गरिएको छ ।

करिब ९ हजार स्क्वायर फिटमा बन्ने भवनमा बाउन्ड्रीवाल , अपाङ्ग मैत्री र् याम्प ,५० हजार लिटरको ओभर हेड ट्यान्की,डिप बोर्डिङ्ग तथा साईट डेभलोपमेन्ट सहितको सुविधा सम्पन्न १० शैयाको तीन तल्ले भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ।गाउँहरुको अनुसार अब गाउँमै अस्पताल बन्ने भए पछि खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय