जगरनाथपुर गापा ६ मा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन।



धर्मेन्द्र प्रसाद यादव – बिरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ६ सिसई बहुअरीमा निर्माण भएको वडा कार्यालयको नवनिर्मित भवन आज एक कार्यक्रम बीच उद्घाटन सम्पन्न भएको छ ।

करिब ४२ लाखको लागतमा सो भवन निर्माण भएको  जसपा युवा नेता शरीफ गदीले  जानकारी दिए । सो भवनको उद्घाटन प्रमूख अतिथि रहेका प्रदेश सभा सांसद पह्लाद गिरीले गरेको थिए l

वडा नः ६ का वडा अध्यक्ष रामअजोध्य पटेलले कार्यक्रममा  बोल्दै आफ्नै भवन आज देखि सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब यस वडा बासीको लागि सेवा दिनमा धेरै सहज भएको बताउनुभयो । वडाको आफ्नै भवनमा निर्माण भईसकेपछि आफू सिंहदरबार मैं आएको जस्तो प्रतिक्रिया दिनुभयो ।

आज उद्घाटन भएका वडा कार्यालयमा एक हल ,दुई रुम र १ /१ वटा बाथरूम र चर्पी  रहेको छ l उद्घाटन कार्यक्रममा  , मन्जुर अंसारी , गाउँपालिका अध्यक्ष जालिम मियाँ , उपप्रमुख विश्मिलाह खातुन , सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , गाउँपालिका सम्पूर्ण वडा अध्यक्षहरु लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर