अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ भाद्र २, बुधबार १४:१२ बजे

लहान – २ भदौ l सिरहाको लहान नगरपालिका वाडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा साेमवार बृहत् जनसमुदायकाे उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई काे २५ ब्याच निकाल्न सफल रहेकाे उपलक्ष्यमा भव्यताकाेसाथ कार्यक्रम गरेको छ ।

विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानकाे पुर्व प्र.अ विश्ववनाथ महताे,फुलेश्वर महताे,लनपा वाडा नं ३ काे वाडा अध्यक्ष राम दयाल महताे लगायतका उपस्थिति रहेको थिए ।

कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयाेगी मनहरुलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

गणेश भगवान,हनुमानजी र महादेवकाे मुर्ती स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महताे, हिरालाल महताे लगायतलाई अध्यक्ष महताेले धन्यवाद दिदै उहाँहरुले विधालयकाे विकासमा गरेको याेगदानकाे वारेमा चर्चा गर्नु भएको थियो ।

मनतव्यकाे क्रममा फुलेश्वर महताेले याे विधालय एउटा ऐतिहासिक विधालय हाे यहाँ सदियाे देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवकाे मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशी भएका छन् । अध्यक्ष महताे न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर याे विधालय

लाई दिन प्रतिदिन प्रगतिकाे पथमा लगिरहेकाे कुरा व्यक्त गर्नु भयाे ।

प्र.अ शिव शंकर महताेले याे विधालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर पछि नहटेकाे कारण प्रत्येक वर्ष एसईईमा राम्रो परिणाम ल्याउन सफल भएकाे जनाउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय