अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ भाद्र २, बुधबार १४:२७ बजे

रौतहट, २ भदौ । रौतहट प्रहरीले आफुलाई पत्रकार बताउने एकजनालाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गए राति लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का आफूलाई पत्रकार बताउने मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथ बाट १ सय ५ थान लागुऔषध नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने रौतहट एक्सप्रेस नामक अनलाईन समाचारका संचालक हुन ।

जिल्ला अदालतको पछाडी बाट नेपाल बैंक जाने सडकमा प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले बताए ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक चिमरियाले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय