बिरगंजमा अब रु.५० मै भरपेट भोजन ।



बिरगंज , २ भदौ। पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न, १२ स्थित मुर्ली चोक ( नेपाल टेलिकम क्षेत्रीय कार्यालय ) को अगाडि पुर्व पट्टि यहि साउन ३० गते उदघाटन भएको भरपेट भोजनालयमा मात्र रु. ५०/- ( पचास ) मा भरपेट खाना खुवाउदै आएको छ ।प्रत्येक दिन बिहान र बेलुका गरि १००-१५० जनाले खाना खाने गरेको हरिओम पटेलले जानकारी गराउनु भयो।

सानो पाईलाद्वारा सन्चालित भरपेट खाना रु. ५०/- ( पचास ) मा गरिबहरुको लागि धेरै राहत हुने र यो नेपालमा पहिलो रहेको समेत बताए।

भरपेट भोजनालयमा आज सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिब दिलिप प्रधानको नेतुत्वमा गएको टोलिमा वरिष्ठ उपाध्यक्ष जयलाल साह , उपाध्यक्ष रेखा घिमिरे , सदस्य राजेस सिंह , प्रहरी सहायक निरीक्षक , प्रहरी हवल्दार , सन्चारकर्मी सन्तोषमान रन्जितकार , अजित भुजेल , बिट्टु नेपाली लगायत १३ जनाले खाना खाएको थियो ।

खानामा दाल , भात , दुई थोक तरकारी , अचार रहेको अत्यन्त स्वाद र सरसफाइ समेत रहेको थियो ।
हामीले त खायौ अब तपाईको पालो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज