अपडेट 
कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  |
२०७८ भाद्र २, बुधबार १४:३४ बजे

वीरगंज – प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा लक्ष्मीपुरमा अध्ययनरत कक्षा-८ का ७ जना छात्राहरुलाई साईकल वितरण गरिएको युवा नेता शिव कुमार साहले बताए ।

प्रदेश नं. २ मा शिक्षाको कमि रहेको र महिलालाई विभेद गरिएकोमा शिक्षाको मुलधारमा महिलालाई ल्याई बराबरी हैसियत कायम गरि समाजमा सकारात्मक सन्देश दिन खोजिएको हो ।

आजको छोरी बेटि भोलिको आमा, बुहारी हुने भएकोले ती छोरीलाई स्सक्त बनाउनको लागि कक्षा ८ का छोरिलाई साइकल प्रदान गरि उच्च शिक्षा प्रदान गर्नको लागि अग्रसर गर्न खोजिएमा सो कार्यमा शिक्षक, अभिभावक, बिद्यार्थी र स्थानीयको उत्साह जनक सहभागिता रहेको प्रदेश सदस्य दिपक यदवले बताए ।

नेपाल राष्ट्रिय आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा लक्ष्मीपुरका बिधालय ब्यवस्थापन समितिको अध्यक्ष चन्द्रदेव देबि उरावको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मा. भिमा यादव, अतिथि जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह, शिक्षक नेता भरत गिरि, पटेर्वा सुगौली गाउँपालिका २ नं. वडाका वडा अध्यक्ष बिजय गैरे, स्थानीय नेता रसिद मिया, भिखारी देवान, माधव साह, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्र. अ. दोवारिका उपाध्याय, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक सुर्य कंडेलले गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय