
सुरेश यादव – नवलपरासी , २ भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा जय जय किशोरी संवाद केन्द्रकाे आयाेजनामा पाल्हिनन्दन -३ कुश्मामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
संवाद केन्द्रकाे एनिमेटर निरमा हरिजनकाे अध्यक्षता तथा संवाद सहयोग समितिका सदस्य माया देवि हरिजनकाे प्रमुख अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि हरिजनले हामी एउटा ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न आवश्क रहेको छ ।
उहाँले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गराउनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले आफ्नाे छाेरा छाेरिलाई आफै सचेत गराउनुपर्ने र आफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।
साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्नु परियार , पत्रकार सुरेश यादव , पत्रकार महेश यादव ,समाजसेवी विशाल हरिजन लगाएले लागु पदार्थ दुर्व्यसन विरुद्ध आआफ्नो भनाईहरु राख्नु भएको थियो ।