२०७८ भाद्र ३, बिहीबार ०२:४० बजे

भिस्वा। पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–५ भिस्वामा नेकपा एमाले ओली निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ ।

बुधबार बसेको भेलाले युवा संघ, नेपाल छिपहरमाई ५ भिस्वामा नेकपा एमाले सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमूख अतीथियता तथा रविन्द्र पटेलको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बलिराम प्रसाद कानु, सुग्रीम ठाकुर , सचिवमा संजिव कुमार, सहसचिवमा बाबुराम पासवान, कोषाध्यक्ष सगिर अहमद चयन भएका छन्  ।

कार्यक्रममा युवा संघका गा. पा. अध्यक्ष सुबास साह, मनोज पटेल,दिनेश यादव, सँतोश यादव, नीतीश कुशवाहा लगायतको उपस्थिति रहेको थियो l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय