धर्मेन्द्र कुमार यादव- महोत्तरी,
बिदेशमा रहेका नेपालका मानिसहरुले निर्माण गरेको समाजिक संस्था मधेश समजा सेवाको संयोजक नरेश मण्डलद्वारा लाखौको भ्रष्टाचारी गरेको खुलासा भएको छ।
आफ्नो जिविका निर्वाह गर्न आफ्नो देशको माया छोडेर खाडी मुलुकमा रुपैया कमाउन गएका मानिसहरुले आफ्नो मासिक आम्दनीबाट सर्लाही , बारा, पर्सा , महाेत्तरी,धनुषा ,सिरहा ,सप्तरी ,लगायत सम्पुर्ण २ नं. प्रदेश भरिकै व्यक्तिहरु केही रुपैया जम्मा गरि नेपालमा रहेका गरिब, बिपन्न, अपाङ तथा असहायहरु लाई सहयोग गर्ने उदेश्यले मधेश समाज सेवा नामको संस्था संचालन गरेका थिए। उक्त संस्था दर्ता प्रक्रीयामा लैजान एकलौटी निर्णय गरि कसैलाइ पनि जानकारी नदिइ संस्थाका संचालक नरेश मण्डलले आफ्नो गाउपालिका सम्सी.३ लक्ष्मिनियां ,बैरगियामा केन्द्रीय कार्यालय उल्लेख गराएर कार्य अगाडि बढाएको र संस्था दर्तामा आफ्नो भाइ,भतिजा,पत्नी र आफ्नो छर छिमेकको मानिसहरु लाई राखेर संस्था दर्ता गराइएको छ। संस्थाका निर्णय अनुसार सबै जिल्लाबाट प्रतिनिधि राखी प्रदेश नं २ को राजधानी जनकपुरमा केन्द्रीय कार्यालय राख्ने गरि सहमती भएको थियो तर एकलौटी रुपमा संयोजकले दर्ता गराएको छ।
कुनै पनि समाजिक संस्था दर्ता प्रक्रीयामा जादा बैंक धरौटी राख्नु पर्दैन तर मधेश समाज सेवाको दर्तामा १२५००० एक लाख पच्चिस हजार धरौटी राखेको नज्कली चेक देखाएको छ। संस्था दर्ता गर्नको लागि संयोजकले २ लाख ४४ हजारको हिसाब सार्वजनिक गरेका छन।
मधेश समाज सेवा नेपालको साउदीमा बस्ने महोत्तरीको सम्सी गाउपलिका.३ लक्ष्मिनियां बैरगिया बस्ने नरेश मण्डलले लगभग २५० व्यक्तिले जम्मा गरेको रुपैया भ्रष्टाचार गरेको छ, जम्मा गर्नेहरुले समाजिक काम गर्ने बापत प्रत्येक व्यक्तिले २५ हजार भन्दा माथी र ४० हजार भन्दा कम रुपैया सहयोग गरेका कुरा केन्द्रीय माहासचिव शिवजी मण्डलले जानकारी दिएका छ्न।
भ्रष्टाचारी लाई हदसम्मको कानुनी कार्वाही हुनु पर्छ, हामिले समाजिक काम गर्न दिएको रुपैयाको हिसाब पार्दर्शी हुनु पर्ने, संस्था दर्ताको बेला राखेको बैक धरौटी को प्रमाण लगायत अन्य माग हरु लिएर मधेश समाज सेवाका केन्द्रीय उपाध्यक्ष श्री संजित कु. यादव, केन्द्रीय काेषाध्यक्ष श्री पवन कु. पटेल, केन्द्रीय महासचिव श्री शिबजी मण्डल, केन्द्रीय प्रतिनिधि श्री देवेन्द्र राम, केन्द्रीय वरिष्ठ सल्लाहकार श्री झपसी महरा, केन्द्रीय उप-सल्लाहकार श्री बिनाेद ठाकुर, केन्द्रीय ग्रुप कन्ट्राेलर शम्भु मण्डल, केन्द्रीय उप ग्रुप कन्ट्राेलर श्री जितेन्द्र राम, केन्द्रीय पुर्व कार्यकार्ता अमाेद यादव,राजिब झा,माेलाजिम नदाफ,बिषुनदेव मण्डल रामबाबु मण्डल ,रन्जित यादव लगायत सउदी, कतार, दुबई, मलेसिया,कुवेत ,नेपाल लगायतका सदस्यहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन। सबै देश बाट जम्मा भएको रुपिया नरेश मण्डल आफ्नो नाममा नराखी सधै आफ्नो पत्नी पुलम देबी मण्डल र जनक पुरमा बिना कामको कार्यालय खोली बसेकी अमृती यादवको नाममा अफुहरु नेपाल पठाएको कुरा सदस्यहरुले बताएका छन। नेपाल पठाएको रुपियाको बैक भाउचर सुरक्षित राखिएको छ, अब उनिहारु माथी कानुनी प्रक्रीया अगाडि बढाउने बताएका छन।
उता यस सम्बन्धी जानकारी लिन केन्द्रीय संयोजक नरेश मण्डललाई साेधपुछ गर्दा सन्चारकर्मी हरुलाइ अभद्र भाषा ,अपशब्द प्रयोग गरीएको छ, उहाको अनुसार संस्था मेरो हो यसलाई म जसरी चालाउछु त्यसरी नै चल्छ, जसलाइ जे गर्ने छ गरोस।
त्यस्तै संस्थाकै सदस्य फेकु मण्डल कतार शाखाकाे अध्यक्ष छन् फेकु मण्डलले भन्दैछ कि सर्लाही, धनुषा , सिरहा,सप्तरी , रौतहट , बारा, पर्सा काे मान्छे भागौ भागौ याे मेराे संस्था हाे, यसमा महाेत्तरीकाे १०/१५ जना मात्र संस्थालाई चलाउने छु ।
यस्तो समाजिक काम गर्ने हरुले भ्रष्टाचारमा डुबेपछी हाम्रो देश अन्धकारमा जान्छ र सहयोगकै भरमा जीवन निर्वाह गर्नेहरुलाइ कठिनाइको सामना गर्नु पर्छ।