११५ वर्ष पुरानो रोपवे अलपत्र



काठमाडौं ।१ सय १५ वर्ष लामो इतिहास बोकेको हेटौँडा–काठमाडौँ रोपवे २३ वर्षदेखि अलपत्र परेको छ । दुई दशक अघिदेखि बेवारिसे हुँदा करोडौँको सामान काम नलाग्ने भएका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा भीमफेदीको धोर्सिङदेखि मातातीर्थसम्म रोपवे सञ्चालन भएको थियो । २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावर हाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरी २०१६ सालबाट हेटौँडा–मातातीर्थ–टेकुसम्म रोपवे निर्माण गरी २०२० सालबाट सञ्चालन हुन थालेको थियो ।

२०५५ साल जेठसम्म रोपवेको दर्जनौँ डब्बाहरु हेटौँडा–काठमाडौँ आकाशमा गुडिरहेको देख्न सकिन्थ्यो । त्यसयता लगातार साढे तीन दशक हेटौँडादेखि काठमाडौँसम्म हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको विभिन्न स्थानबाट आकाशमा वर्षौँदेखि रोपवेको क्यारियल (डब्बा) हरु झुण्डिरहेको देख्न सकिन्छ । पृथ्वी राजमार्गबाट सहज यातायात सुविधा भएपछि राजनीतिक खिचातानीको कारण २०५५ सालबाट बन्द भएको हेटौँडाको इतिहास खोजकर्ता केदार न्यौपानेले बताए ।

अन्नपूर्ण पोस्ट बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज