अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७८ भाद्र १२, शनिबार १५:०० बजे

बिरगंज , १२ भदौ । बिरगंजको आदर्शनगरस्थित आमाको माया छात्रावासको यहि भदौ १७ गते उद्घघाटन हुने भएको छ ।

आमाको माया छात्रावास सन्चालक समितिका अध्यक्ष भवरलाल पारिकको अध्यक्षतामा आज बसेको बैठकले यहि भदौ १७ गते बिहीबारका दिन बिहान ८:३० बजे उद्घघाटन कार्यक्रम रहेको र त्यसको तयारीको लागि समितीले विभिन्न कमिटी गठन गरि जिम्मेवारी दिएको समेत बताए । छात्राबाँस रङ्गरोगन , मंच सजावट , अतिथि स्वागत सत्कार र भोजन ग्रहणको लागि कार्यसमितीका उपाध्यक्ष राजकुमार दारुका , सदस्य शिवम केडिया , प्रेम थुलुङ्ग र महेश हास्दालाई जिम्मेवारी दिएको बैठकले निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भारत मुम्बईका अखिल भारतीय वनवासी कल्याण आश्रमको मार्ग दशक श्री सोमया जुलु ज्युले उद्घघाटन गर्नु हुने कार्यक्रम रहेको छ । सोमयाले २२-२३ बर्ष देखि जनजातीहरुको हकहितको लागि काम गर्दै आईरहनु भएको छ । अहिलेसम्ममा ११ करोड जनजातीको लागि शिक्षा , स्वास्थ्य , सस्कृति देखि सबै क्षेत्रमा उहाको योगदान रहेको समेत जानकारी गराईएको थियो ।

आजको बैठकमा जनजाति कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सुरेश रुङ्ग्टा , आमाको माया छात्रावासका उपाध्यक्ष राजकुमार दारुका , कोषाध्यक्ष मनोज गाडिया , सदस्य गणेश खेतान , शिवम केडिया , जनजाति कल्याण आश्रम राष्ट्रिय संगठनका सचिव मिलन भट्ट , महासचिव प्रेम थुलुङ्ग , सदस्य रघु हास्दा , श्रधाजागरण प्रमुख चन्दुलाल , राष्ट्रिय सस्कार प्रमुख महेश हास्दा , कार्यालय प्रमुख मदन चौधरी , छात्रावास बिरगंज प्रमुख रुपेश हास्दा , सन्चारकर्मी अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय