अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ भाद्र १३, आईतवार १३:५९ बजे

वीरगंज । अवैध हुण्डीको रकम सहित प्रहरीले पर्साको जानकीटोलाबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने रामबिनय गिरीको छोरा वर्ष ४५ को  बृजकिशोर गिरी र पछाडि सवार पर्साको धोबिनी गाउँपालिका वडा नं.२ गुलरिया टोल बस्ने भुवाली राउतको छोरा बर्ष ५० को रामपुकार पटेल छन् ।

ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट जगरनाथपुर गाउँपालिका वार्ड नः २ स्थित कार्यालय अगाडि बाटोमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.को सिट मुनि लुकाइछिपाई ल्याउदै गरेको हुण्डीको रकम सहित उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

प्रहरीले उनिहरुको साथबाट भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।

शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय