राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंजले आयोजना गरेको तिज दर खाने कार्यक्रम ।



बिरगंज , १६ भदौ। महिलाहरुको महान तिज पर्व नजिकै संगै तिजको अवसर पारेर आज बिरगंजको होटेल पुजनमा तिज दर खाने कार्यक्रम मनाएका थिए ।

अरुबेला कामकाजले गर्दा महिलाहरु एकआपसमा भेटघाट नहुने र बिवाहित महिलाहरु माईत जान नपाएको धेरै भएको हुदा चेलिबेटिहरुलाई यस दिन बोलाई मिठा- मिठा खानेकुराका परिकार बनाई खाने उत्सवको रुपमा यसलाई लिने गर्दछन ।यसदिन बेलिबेटिहरु एक ठाउमा भेलाभैइ दु:ख सुख्खका गित मार्फत आफ्नो वेदना माईती तिर पोख्ने र साथी भाईहरुसङ्ग साटासाट पनि गर्ने गर्दर्छ्न ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंजका अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षता र बिरगंज महानगर पालिकाकि उपमेयर सुश्री शान्ति कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न.२ को अध्यक्ष सुमित्रा सापकोटा , लायन्स क्लबका गुड्डु जोशी , नेपाल व्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापा , कार्य समितिका पदाधिकारी पिन्की गुप्ता ,सुनिता मानन्धर , प्रिति सिंह , शाहजाद आलम, पत्रकार सन्तोषमान श्रेष्ठ , जगत राई , मन्सुर खान , राहुल गुप्ता, बिजय पौडेल लगायत्काको सहभागिता रहेको थियो ।

तिजको दर खाने कार्यक्रममा प्रमुख अतिथि शान्ति कार्कीको ९१ बर्षको उमेरमा पनि नाचेर सबैलाई हौसला बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर