अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ भाद्र १६, बुधबार १५:०१ बजे

वीरगञ्ज १६ भदौ

पर्सा जिल्लामा माओवादी प्रति बढ्यो जनताको विश्वासः रहबर अन्सारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बीरगंज महानगर ईन्चार्ज रहबर अन्सारीले बीरगंजका चर्चित होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु विद्यालाल साह वरिष्ठ उपाध्यक्ष, छविलाल उप्रेती उपाध्यक्ष, तबरेज आलम महासचिव, दल बहादुर किंगरिंग कोषाध्यक्ष, कन्हैया अग्रवाल सदस्य लगायतले राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को हाथबाट टिका तथा खादा लगाएर पार्टी प्रवेश गरेका छन् ।

सो पार्टी प्रवेश कार्यक्रममा विशेष उपस्थिति क.देवेन्द्र पौडेल अस्थायी समिति सदस्य, उर्मिला अर्याल पर्सा जिल्ला ईन्चार्ज, विजय महतो जिल्ला संयोजक, रहबर अन्सारी महानगर ईन्चार्ज, प्रदेश सदस्य रामदरश कुशवाहा, बालेश्वर थारु, अखिल क्रान्तिकारी के.स. प्रभाकर गुप्ता लगायतका नेताहरु रहेका थिए ।

पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रलाई होटल व्यवसायी संघमा पार्टी प्रवेशले थप उर्जा बढेको तथा आम जनमानसमा पार्टीप्रति विश्वास बढनुको साथै आत्मबल पनि बढेको छ ।

माओवादी जनयुद्धले गर्दा देशमा आएका संघीय गणतन्त्र यति ठुलो परिवर्तन भएर आजको देश विकासको लागि अझ माओवादीका खाँचो रहेको आम जनमानसको चाहना रहेको सर्वविदितै छ ।

पार्टीको तर्फबाट क. रहबर अन्सारीलाई जिम्मेवारी दिईए लगतै यति ठुलो उपलब्धी भएको पार्टीले महसुस गरेको विशेष उपस्थित कमरेडहरुले भनाई रहेको थियो ।

रहबर अन्सारी जुन बेला बीरगंज महानगर अध्यक्ष रहेका थिए त्यति बेला देखि नै सकृय रुपले पार्टीका लागि तत्पर रहेको आजको पार्टी प्रवेश कार्यक्रमले दर्शाएका छ ।

अंसारी को पार्टी प्रति इमान्दारिता, तदारुकताको कारण नै अरु पार्टी तथा संघ संस्थाले माओवादी पार्टीमा प्रवेशका लागि आतुर रहेका छन् । अगामी दिनमा पार्टीलाई पर्सा जिल्लामा एउटा छुटै पहिचान बनाउदै जाने अन्सारीको लक्ष्य मध्ये यो पहिलो पाईला संघको रुपमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय