अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ भाद्र १६, बुधबार १५:४१ बजे

मेघराज राय – जिराभवानी, १६ भदौ  l पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को बेल्वा टोलको थारु धर्मशालामा ने.क.पा.(एमाले)को पालिका स्तरीय सभा  १ नम्बर वडाका अध्यक्ष फरमान मियाको सभापतित्वमा पालिका स्तरिय सभा सम्पन्न भएको छ ।

पालिका स्तरीय सभा कार्यक्रमको प्रमुख अतिथिमा ने.क.पा.(एमाले)केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटा रहेको थियो भने विशिष्ट अतिथिहरुमा जिल्ला कमिटी अध्यक्ष प्रभु हजरा,राष्ट्रिय पार्सद सदस्य सम्बिधान सभा सदस्य राजकुमार गुप्ता,राष्ट्रिय पार्सद सदस्य एवम सम्बिधान सभा सदस्य जयप्रकाश थारु,रा.प.स.एवं माहानगर कमिटी अध्यक्ष डा.बिश्वमबर शर्मा,प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद,अतिथिहरुमा जिल्ला कमिटी सचिव एवं छिपरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता,पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी,युवा संघ नेपाल केन्द्रिय सदस्य रबि गुप्ता,युवा संघ नेपाल जिल्ला अध्यक्ष महमद निजाम, सञचारकर्मीहरुको उपस्थिति रहेको थियो।सभाका उदघोसक लक्षमी खरेलले गरेका थिए।

सभालाई केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले दिप प्रज्जवल गरि कार्यक्रमलाई सुरु गरेका थिए।पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले मन्तव्यमा पटेर्वासुगौली गाउँपालिका सम्पुर्णस्थानीयवासीहरुमा स्नेह प्रेम रहने छ जो मलाई भोट दिएका वा भोट नदिएका पनि एक समान रहेको र रहने छ उहाँका भनाई रहेको थियोे।

मन्तव्यमा बोल्दै सम्बिधान सभा सदस्य राजकुमार गुप्ताले ने.क.पा.(एमाले) फुटेको छैन हामी पार्टी भित्र मात्रै मन्मोटाउ भएको हो।उहाँले पन्द्र महिना पछि हुने चुनावमा ने.क.पा.(एमाले) बहुमतले सरकार बनाउने छ मन्तव्यमा राखेका थिए।त्यसै गरि डा.बिशम्बर शर्मा,छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले मन्तव्य दिएका थिए।

कार्यक्रमका प्रमुखअतिथिमा रहेका केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले बुडापाखा युवाहरुले भुपु.प्रधानमन्त्री के.पी.ओलीलाई आई लव यु भनेगरेकाछन।उहाँको कामप्रती धेरै खुशी छन।अन्तमा वडा १ का अध्यक्ष एव सभा अध्यक्ष फरमान मियाले मन्तव्य राखी समापन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय