
मेघराज राय – जिराभवानी, १६ भदौ l जनता समाजवादी पार्टीले ठोरी गापा -४ मा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य अन्जान शाक्य एवम् जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितिमा शान्तिटोलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको जसपा ठोरी -५ का संयोजक बिमल प्रधानले जानकारी दिए।
ठोरीका जसपा युवा नेता बिष्णु लोप्चनको श्रीमती छेवाङ तामाङको निधन भएको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर पार्टीले कार्यक्रमको आयोजना गरेको नेता प्रधानले जानकारी दिए।
नेता लोप्चनको श्रीमती छेवाङ्को गत भदौ ४ गते उपचारका क्रममा निधन भएको थियो। उनको जसपा नेतृ हिसिला यामी, नेता आङ्काजी शेर्पा , अन्जान शाक्य लगायतले पार्टीको झण्डा ओढाएर बौद्ध संस्कृति अनुसार अन्त्यष्टी गरिएको थियो।
१३ औं दिनको पुण्य तिथि पारेर आयोजित कार्यक्रममा जसपा पर्सा उपाध्यक्ष जरी लामा , नेताहरु मोहनलाल चौधरी , विरेन्द्र यादव , जनार्दन यादव , बिमल प्रधान लगायतको उपस्थिति थियो।
यस्तै आज नै जसपाले ठोरी -४, आठघरेमा अगुवा नेताकार्यकर्ताहरुसंग अन्तरक्रिया र छलफल गरेको छ । कार्यक्रममा जसपाका नेताहरूले पछाडी पारिएको समुदायको उत्थान गर्न सक्ने र सबैलाई समेट्न सक्ने एकमात्र पार्टी जसपा भएको दाबी गरेका थिए।