मुर्लीको विद्यालय जाने बाटो बिग्रेर मेयरद्वारा स्थलगत निरिक्षण l



बीरगंज, १६ भदौ । बीरगंज महानगरपालिका वडा नं. १२ मुर्लीमा बाटो बिग्रेर पाचवटा विद्यालयका विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न कठिनाई हुनुका साथै स्थानीयहरुको समेत आवागमनमा कठिनाई भए पछि बन्ने भएको छ ।

वर्षातको बेला मुर्लीको सो बाटो बिग्रेर विद्यार्थीहरु तथा सर्वसधारणलाई कठिनाई हुदा स्थानीयहरु बाटो मर्मत गर्नको लागि समाजिक संजाल तथा बिभिन्न समाचार माध्यमबाट बनाउन दवाव दिएका थिए । सोही दवाव पछि बीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आज बाटो निर्माणको लागि स्थलगत निरिक्षण गरेका छन् । सो अवसरमा मेयर सरावगीले विग्रेको बाटोको निरिक्षण गर्दै महानगरले बाटो सक्दो मर्मत गर्ने आश्वासन दिएका थिए ।

स्थलगत निरिक्षणको बेला मेयर सरावगी, विमपा वडा नं. १२ का वडाअध्यक्ष रामदरश कुशवाहा, वडा सदस्य रमेश साह कानु, शसक्त युवा समुहका प्रमोद मंडल, अनिल महतो स्थानीय लालचन महतो धानुक विध्या सदन स्कुलका प्राध्यापक लालबहादुर गुरुंग लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज