दिवेश कुमार महतो -ढल्केबर, धनुषा l कत्तारको बल्दिया कम्पनीमा कार्यरत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका बेल्हा निवासी जितन मुखियाद्वारा एक जना अति बिपन्न परिवारलाई उपचार गराउनका लागि रु-१५०००/-अक्षरेपी (पन्ध्र हजार मात्र)आर्थिक सहयोग गरिएको छ।
मिति २०७८ साल भाद्र १६ गते बुधबार धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नं-२ नकटाझिजका ७५ वर्षीय बृद्ध बिरामी मंगल महतोलाई जितन मुखिया द्वारा उपचार गराउनका लागि रु-१५०००/- आर्थिक सहयोग गरिएको छ।
केही दिन अगाडि हेल्प मधेशि साउदी द्वारा आर्थिक सहयोग गर्न जादा उहाँको अवस्था हेरि थप आर्थिक सहयोगको आवश्यकता रहेको कुराको ज्ञात भए लगत्तै हेल्प मधेसी का केन्द्रिय अध्यक्ष उदय यादवको पहलमा पुन दोस्रो पटक सहयोग हस्तान्तरण भएको हो।
यादवले भने:-“आगामी दिनहरुमा पनि साथ र सहयोग गर्ने नै छु र यस समस्याका लागि हामीले कुशवाहा समाजमा पनि कुरा राखेका छौं र अरु संघ-संस्था लगायत कसैले व्यतिगत पनि सहयोग गर्न चाहनुहुन्छ भने गर्न सकिन्छ भनेर अनुरोध गरेको थिए।मेरो अनुरोधलाई स्वीकार गरेर मेरो अति प्रिय साथी जितन मुखिया ज्युले कत्तारबाट व्यतिगत रु -१५०००/- म कहाँ पठाइ दिनुभएको थियो।
आज म र हेल्प मधेशी मोहत्तरीका संयोजक सबिता यादव जि पिडित काका मङ्ल महतो ज्युको घरमै पुगि नगद रु १५०००/- मंगल महतो काकालाइ हस्तान्तरण गरेकी छिन्।यस पुनितकार्यमा सहयोग गर्नुभएका हाम्रा सम्पुर्ण सेवक साथीहरुलाई धेरै धेरै धन्यवाद दिएका थिए।