अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ भाद्र १७, बिहीबार ०१:४५ बजे

काठमाडौँ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन  गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

उक्त उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याएको छानविनबाट पाइए पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गर्न उल्लेख छ ।

जाँचबुझ समितिले सिफारिश गरेका अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेकाले आवश्यक छानविन अघि बढाइएको सरकारको भनाइ छ । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।

सर्वोत्तम कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङङमार्पmत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय