
वीरगंज – नेकपा एमाले प्रदेश २ को बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष एवं पूर्वमन्त्री ज्वाला साहको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश २ का इन्चार्ज रघुविर महासेठ, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, सह इन्चार्ज सुमन प्याकुरेल लगायतले बोलेका थिए।
सो क्रममा नेताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई अन्याय गरेको आरोप लगाए। देशी विदेशी शक्तिको षड्यन्त्रका कारण एमाले विभाजन भएको उनीहरूको आरोप थियो।
बैठकले प्रदेश २ को ८ वटै जिल्लामा संगठन सुदृढिकरण, संगठन विस्तार तथा सदस्यता नवीकरणमा विशेष जोड दिने निर्णय गरेको अध्यक्ष ज्वाला साहले बताए। कार्यक्रममा ८ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता,जयप्रकाश थारु, केन्द्रिय सदस्य निर्मला देवकोटा,नेताहरु बसरुदिन अंसारी ,सुन्दर कुर्मी,सुन्दर बिश्वकर्मा, बलबरि चौधरी लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रदेश २का सहसंयोजक एवं पुर्वमन्त्रि लिलानाथ श्रेष्ठले गर्नुभएको थियो ।