अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ भाद्र १७, बिहीबार १४:२० बजे

वीरगंज, १६ भाद्र  l नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश २ मा नपर्ने पुर्वमन्त्री एवं प्रदेश २ का ईन्र्चाज रघुबिर महासेठले दावी गर्नुभएको छ ।

प्रदेश २ को बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा नेता महासेठले सो दावी गर्नुभएको हो । उहाँले माधव कमरेडको पार्टीका  लागेको नेताहरु फर्किने क्रम जारी रहेको जानकरी समेत दिनुभयो । उहाँले दल दर्ता नै कानुन बिपरित भएको र कतिपय नेताको हस्ताक्षर नक्कली गरिएकाले दल दर्ता खारेज हुनुपर्नेमा जोड दिनुभएको थियो  ।

नेता महासेठले अब एमाले झन निखारिएर आउने र  निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गर्नुभयो । एमाले अहिले सम्पुर्ण शक्ति संगठन निर्माण, संगठन सुदृढिकरणमा खर्चेको बताउदै आउने चुनावमा पुनः एमाले बहुमतका साथ सरकार बनाउने दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश २ का अध्यक्ष रघुबिर महासेठ,नेताहरु सुमन प्याकुरेल,लिलानाथ श्रेष्ठ, राजकुमार गुप्ता, प्रभु हजरा, बसरुदिन अंसारी लगायतको उपस्थिती रहेको थियो । प्रेस चौतारी नेपालका सहसंयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चौतारीका सदस्य तिवारी यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय