२०७८ भाद्र १८, शुक्रबार ०३:१३ बजे

मेघराज राय – जिराभवानी, १८ भाद्र  l पर्साको जिराभवानी गाउँ पालिका बाट प्रहरीले अबैध लागुऔसध नाइट्रोभेट ट्याबलेट सहित तिन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेव पटि बाट प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादव को नेतृत्व मा रहेको प्रहरी टोलिले नियमित चेकजाँच को क्रममा जिराभवानी गाउँ पालिका वार्ड नम्बर एक को ओरिया खोलामा चेकजाँच गर्ने क्रममा ना ३० प ४६९२ नम्बर को मोटरसाइकलमा तीन जना सवार भइ भारतको भङ्गहा बाट आउदै गरेका ठोरी गाउँ पालिका वार्ड नम्बर पाच बस्ने वर्ष ३१ को पुस्प गुरुङ सोही स्थान बस्ने वर्ष २५ को अनिल उपाध्य र वर्ष २० को निरास लामा रहेका छन उनिहरु को साथ बाट प्रहरीले ३०० पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।

पक्राउ गरिएका तिनै जनालाई आवश्यक कार्वाहीको लागि मोटरसाईकल र लागुऔसध टयाबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय