सप्तरीको बोदे बर्साईनमा प्रहरी र टेम्पु ब्यवसाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न



उमेश कुमार साह – राजबिराज , १८ भदौ । सप्तरीको बोदे बर्साईननगरपालिका वडा नम्बर ०५ मा स्थित ईलका प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत टेम्पु ब्यवसाय सँग अन्तरक्र्रिया कार्यक्रमम गरेको छ ।

ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख प्रहरी नायव निरीक्षक जय प्रकाश साह , ट्राफिक प्रहरीका हवलदार बिनोद प्रसाद यादव , पत्रकार उमेश कुमार साह र बोदे बर्साईन नगर टेम्पु ब्यवसाय संघका अध्यक्ष अमर लाल मण्डलको नेतृतमा उपस्थिति भएको र अन्तरक्रिया कार्यक्रम्मा नगर क्षेत्र भित्ररहेको संचालित टेम्पुका चालकहरुको समेत उपस्थिति थियो ।

सो अन्तरक्रिया कार्यक्रमबाट दशैँ तिहार नजिकदैँ गर्दा यात्रुको भिड भाड बढने हुदाँ टेम्पुको सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने , तिव्र गतिमा टेम्पु नचलाउने, नजिकै रहेको भारतिय बजार बाट लागुऔषध ,भन्सार छलेर ल्याएको अवैध सामग्री तस्करहरुले टेम्पु यात्रु बोक्ने साधन भएकोले प्रहरीकलाई छल्न सुरक्षित हुने भएकोले ठानेर उक्त कार्यमा संलग्न हुने भएकोले यस्ता अवैध गतिविधिमा संलग्नलाई देख्न साथ तुरन्त प्रहरीलाई खबर गर्ने तयस्ता सामग्री राख्न नदिने सहमति भएको छ ।

साथै संम्भावित सडक दुर्घटना हुन नदिन सुरक्षाको सम्पुर्ण उपाय अपनाउने प्रतिद्धता ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर