वीरगंज, १८ भदौ । कोअपरेटिभ म्यानेजर्स क्लब cmc पर्साको तेस्रो वाषिर्क साधारणसभा आज गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ । cmc को अपरेटिभ म्यानेजर्स क्लबका कार्यबाहक अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको अध्यक्षता तथा ल्भाकअगल का संचालक हरेराम पटेलको प्रमुख आतिथ्यमा सो वाषिर्क साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उदघाटन गदै संचालक पटेलले यो cmc क्लबले बीरगंजमा रहेका सहकारीहरुको सुधार गदै संचालक समिति र कर्मचारी बीचको समन्वय अर्थात पुलको काम गर्नु पर्ने धारणा राख्नु भएको थियो । उहाँले cmc क्लब राजनीतिक रहित बन्न र जनशक्ति तयारी गर्न सुझाव समेत दिनुभएको छ ।
सहकारीहरुले अब बैंक भन्दा छिटो र भरपर्दो सेवा सर्वसाधारणलाई दिने ब्यवस्थापन गर्ने समय आईसकेको संचालक पटेलको भनाइ रहेको छ । त्यसैगरी राष्ट्रिय सहकारी बोर्डका पुर्व संचालक शम्भु गुप्ताले अब सहकारी संस्थालाई बलियो बनाउन यस cmc क्लबले दिन रात लाग्न र संचालक कर्मचारी बीचको समन्वय गर्ने जिम्मेवारी आफुहरुले गर्नु पर्ने गुप्ताको भनाइ रहेको थियो ।
बीरगंजमा अहिले करिब ६०० को हाराहारीमा सहकारीहरु खुलेका उनीहरूलाई पनि यस क्लबमा आबद्व गराउन सुझाव दिनु भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यबाहक अध्यक्ष असगर अलि, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक एवम् श्री विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव कुन्दन पाल, राष्ट्रिय सहकारी ल्भाकअगल फिल्ड संयोजक बृजेश गुप्ता , बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की , जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समितिका राजेन्द्र जैसवाल , cmc का संस्थापक अध्यक्ष जिष्णु बराल, ल्भाकअगल का प्रमुख संजय महतो लगायतले आ–आफ्नो धारणा एवम् शुभकामना राख्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य cmc का महासचिव एवं गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रबिभुषण श्रीवास्तवले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण उपेन्द्र श्रेष्ठले गरेका थिए । cmc को साधारणसभाबाट श्री निधी बचत तथा ऋण सहकारी संस्थाका चन्देश्वर प्रसाद चौरसिया अध्यक्षमा चयन भएका छन् ।
त्यसैगरि उपाध्यक्षमा रबिभुषण श्रीवास्तव, महासचिवमा दिपेन्द्र चौधरी, सचिव रामबाबु चौधरी, कोषाध्यक्ष संतोषलाल कर्ण, सदस्यहरु दिपेन्द्र श्रेष्ठ, श्रीमति इन्दु रन्जितकार, नरेश चौरसिया, किशोर सिंह क्षेत्री रहेका छन् भने सोही साधारणसभाले दिपक श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय शिक्षा उपसमिति गठन समेत गरेको छ । जसको सदस्यहरुमा फणिन्द्र प्रसाद गुप्ता, धर्मेन्द्र कुमार जयसवाल, अमित प्रसाद चौधरी, चन्द्रशेखर प्रसाद साह लगायत रहेको cmc का अध्यक्ष चौरसियाले पर्सा पोस्टलाई जानकारी दिनुभयो ।