बिरगंज , १८ भदौ १८ । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको उपस्थितिमा संघका का.स.स. मुरली जालानको संयोजकत्वमा आज एक समारोह बीच क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ ।
गठित समितिका सदस्यहरुमा संघका का.स.स. निरज अग्रवाल, ज्योति रुँगटा, जितकुमार दाहाल, टन्क राज आचार्य, दीपक कुमार सिंह, जयप्रकाश शाह, कविता खड्का, मोहित गुप्ता, ओमप्रकाश खनाल रहेका छन् ।
प्रतिक्रिया!