२०७८ भाद्र १८, शुक्रबार १५:४० बजे

उमेश कुमार साह – सप्तरी , १८ भदौ l प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सप्तरी, स्थानीय तह सबै नेपाल प्याब्सन, नेशनल प्याब्सन र प्याब्सन सहितको बैठक द्वारा सो निर्णय गरी श्री जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रसंग सम्बन्धित सबै कार्यालयहरुलाई जानकारी गराएको हो ।

जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव सहित जिल्लाका सम्पूर्ण स्थानिय तहको प्रतिनिधिहरुको रोहवरमा भएको सो निर्णयमा जिल्लाका सप्पुर्ण गाउँ तथा नगर पालिकाहरुले आआफ्नो क्षेत्रको कोभिड जोखिमको स्थितीलाई आकलन गरी सो आधारमा स्वास्थ्य सुरक्षा व्यवस्थाको व्यवस्थापन र कोभिड–१९ तेश्रो लहरको व्यवस्थाको पूर्ण तयारी साथ विद्यालय तथा कलेजहरु खुलाउन निर्णय गरिएको छ ।

बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ ।

शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रजिअ आचार्यका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको छ।

विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए ।
निर्णयमा कोभिड–१९ सक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडन सम्बन्धी कार्यविधि खुलाउन स्थानिय तहको जिम्मा दिएको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय