बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न



कपिलवस्तु , १८ भदौ । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बहुजन शक्ति पार्टीको पार्टी कार्यालय प्रदेश अध्यक्ष अहशान अहमद खाँद्वारा उदघाटन कार्यक्रम सु-सम्पन्न भयो ।

बहुजन शक्ति पार्टीको उदघाटन अगाडि पंचशील त्रिषण पुज्य भन्ते द्वारा बचन गरि उदघाटन गरियो ।

प्रमुख अतिथि अहशान अहमद खाँले भने, हामीसबै बहुजन एक हौं, हामीले जबसम्म अन्य पार्टीमा दलित समावेशी गर्छौं तबसम्म हामी आफ्नो पार्टी कार्यकर्तालाई जिताउन सक्नौ र हामी अरु पार्टीमा समावेश नगरौं हामी सबै एक हौं बताएका छन् ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि प्रदेश अध्यक्ष अहशान अहमद खाँ, विशिष्ट अतिथि केन्द्रीय सदस्य ईन्द्र प्रसाद हरिजन, कार्यक्रम अध्यक्ष राम नेवाश हरिजन, अतिथि केन्द्रीय सदस्य गौरी हरिजन, केन्द्रीय सदस्य राम सुमीरन धोबी, केन्द्रीय सदस्य सन्तोष हरिजन, केन्द्रीय सदस्य राम रक्षा पासी, केन्द्रीय सदस्य राम किसुन पासी, केन्द्रीय महिला सदस्य शुसिल बि.क., धमेन्द्र कुमार पासी, कुन्ज बिहारी पासी, बिजय चमार, राम जी हरिजन लगायत अन्य करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम आरक्षण, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्र मुल मन्त्रका साथ सर्वपक्षीय समान्ता देश विकासको एक मात्र आधार आरक्षण नेपाली जन जाती मुस्लिमहरू नागरिक अधिकार मानविय सम्मान शिक्षा, रोजगार, मानव मर्यादाका लागि मानव अधिकार जनताको चाहना शक्ति र विकास, सर्वपक्षीय हितकार संविधान एक मात्र निकासको प्रतिवद्धता को साथ पार्टी कार्यालय खोलेको राम नेवाश हरिजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर