श्रीपुर स्थित अव्यवस्थित माछा र तरकारी बजार बारे बिरगंज महानगर मौन , नगर प्रहरी र पसलेद्वारा मासिक नजराना बुझ्ने व्यवसायीको आरोप ।



बिरगंज , १८ भदौ । बिरगंज महानगर पालिका वडा न.११ स्थित श्रीपुर मुर्ली चौकमा अव्यवस्थीत माछा बजार र तरकारी बजार बारे बिरगंज महानगर पालिका र स्थानिय प्रशासन मौन ।दिनहु जसो बजारमा भिडभाड हुने र सवारी साधान र पैदल यात्रु हिडनलाई कठानाई हुदा पनि पनि सो वडाका वडा अध्यक्ष प्रधुमन सेढाईलाई अवगत गराउदा पनि कुनै वास्ता नगरेको स्थानियको भनाई रहेको छ ।

तरकारी बजार राख्न अगाडिको पसले पैसा असुल्ने र महानगरकाले पनि करअसुल्ने यता महानगरका नगर प्रहरीले दैनिक र मासिक पैसाल लिने हुदा कसैले केही नबिगार्ने माछा व्यवसायी आफ्नो नाम नबताउने सर्तमा सो कुराको जानकारी गराएका थिए ।

प्रहरी प्रशासन कै अगाडि खुल्लम खुल्ला बिक्रि बितरण गर्दा पनि कुनै चासो नदेखाएको हुदा प्रहरी पनि मिलेको स्थानीय बताउछन् ।
उता सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान सङ्ग बुझ्दा आफुले बजार व्यवस्थापन गर्न धेरै कोसिस गरेको तर बैकल्पिक बजारको व्यवस्था नहुदा बजार नियन्त्रण र व्यवस्थापन गर्न गार्‍हो भएको बताए ।

अवव्यवस्थित बजारले गर्दा भिडभाड हुने , नाला माथी र फ़ोहोर मा तरकारीहरु बिक्रि गर्दा उपभोक्ताको स्वास्थ्य खराब हुने र सो बजार हुँदै मानिस र सवारी साधान आवतजावत गर्न धेरै समस्या भएको समेत प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज