
मेघराज राय – जिराभवानी, १९भदौ l नेकपा एमाले ठोरीले वडा नं. ४ आठघरेमा वडा कमिटी आज गठन गरेको छ । नवगठित वडा कमिटीको अध्यक्षमा दिल बहादुर श्रेष्ठ र सचिबमा रामकाजी स्याङ्बो चयन भएका छ्न ।
जिल्ला अध्यक्ष सहितको उपस्तिथिमा सम्पन्न भेलाले १०१ सदस्यीय कमिटी चयन भएको एमाले ठोरीका कार्यदल सदस्य तिलक श्रेष्ठले बताउनु भयो ।साथै भेलाले नीर बहादुर बोम्जनको अध्यक्षतामा १०१ सदस्यीय राष्ट्रिय युवा संगठन र गठन गरेको कार्यदल सदस्य राजेश लामाले बताउनु भयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना भन्दा बढी एमालेमा प्रबेश गरेको एमाले ठोरीका सह-इन्चार्ज लाल बहादुर श्रेष्ठले बताउनु भयो ।
बिजयबस्तीका अगुवा नर बहादुर श्रेष्ठ, हार्डवेयर ब्यबसायी लाल बहादुर श्रेष्ठ, मिलचोकका अगुवा राम बहादुर पाख्रीन, शरणटोलका अगुवा मोहन सिजाली मगर, निर्मलबस्तीका लकालाल गोले, सुक बहादुर पाख्रीन, ठोरी २ का दिल बहादुर गुरुङ लगायतका एमाले प्रबेश गरेका नवप्रबेशीहरुलाई प्रमुख अतिथी तथा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधान सभा सदस्य जयप्रकाश थारु लगायतले टीका तथा खादा लगाएर सम्मान गर्नु भएको थियो ।
एमाले वडा नं. ४ का अगुवा शरण मगरको सभापतित्व तथा एमाले पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिशिस्ट अतिथीहरुमा संबिधान सभा सदस्य जयप्रकाश थारु, एमाले पर्साका सचिब मनोज कुमार गुप्ता, नेता लेखमान थापा, एमाले ठोरी इन्चार्ज गंगा बहादुर खड्का, सह-इन्चार्जहरु ठाकुर न्यौपाने, लाल बहादुर श्रेष्ठ र एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा आशिष सामाजिक सेवा नेपालका संयोजक रोशन सुनार, नेराशिसं ठोरी अध्यक्ष गोपिलाल श्रेष्ठ, सचिव निमा तामाङ , पत्रकार ओम प्रकाश चौधरी लगायत एमाले ठोरीका कार्यदल सदस्यहरू तथा पार्टीका बिशिस्ट ब्यक्तित्वहरु रहनु भएको थियो ।
कार्यदल सदस्य तारानाथ ढुङ्गेलले संचालन गरेको कार्यक्रममा अतिथि लगायत एमाले ठोरी ४ का अगुवा कार्यकर्ता हरुको उपस्थिति रहेको एमाले ठोरी गाउँपालिका का नेकपा एमालेका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभो।