२०७८ भाद्र २०, आईतवार १६:५२ बजे

पर्सा। ईलाका प्रहरी कार्यालय पोखरियाले भन्सार छली गरेर ल्याउदै गरेका ठूलो मात्राका कपडा बहुदरमाइ न पा वडा नम्बर ६ बाट बरामद गरेको छ। ना २ ह ५२६३ नम्बरको अटोमा ल्याइदै गरेको उक्त सामान प्रहरी देख्न साथ अटो ड्राइभरले छाडेर भागेको अबस्थामा प्रहरीले  बरामद गरेको हो।प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको प्रहरी टोलीद्वारा बरामद गरिएको सामानमा ब्लेजर कपडा २१९.२ मिटर, सुट कोटको कपडा १३०.४ मिटर ,कुर्था सलवार कपडा ६८ सेट, कटन सर्ट १३५ थान, साडी ३७ थान,कस्मेटिक सामान २ कार्टुन र अटो रिक्सा गरेर करिब    ७ लाख
१८ हजार २ सय ६० रुपैया   बराबर मुल्यको रहेको  छ। बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय