
बिरगंज , २१ भदौ। हिन्दु नारीहरुको महान पर्व हरितालि तिजको अवसर पारेर आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
धार्मिक परम्पराअनुसार वडाका महिलाहरुलाई एकै ठाउँमा जमघट गराई शुभकामना आदानप्रदान गर्दा आत्मियता बढ्ने हुँदा तिजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरिएको सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष एवम् यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफले जानकारी दिए ।
अध्यक्ष सर्राफकै सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष भरतप्रसाद कुर्मीले तिज पर्वले महिलाहरुलाई एकताको बन्धनमा बाँधिन सघाउ पुगेको बताए । आस्था र विश्वासको पर्वले महिलाहरुलाई मनोरन्जन प्रदान गर्नुका साथै वर्षभरीका दुःख समस्याहरु भुलाउने विश्वास व्यक्त गरे । अहिले तिजको नाममा विकृति भित्रिएको तर्क गर्दै सबैले सभ्य रुपमा तिज मनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) पर्साका कार्यवाहक अध्यक्ष अजित भुजेलले महिला दिदिबहिनीहरु काममा बसौं दिन व्यस्त हुने र बिवाह प्रच्यात टाढा टाढा माइत हुने र माइत जान नपाउने गएपनि तिजको दिन सबै दिदिबहिनिहरु एक ठाउमा भेला भैइ दु:ख र सुख साटासाट गर्दै माइतमा आफ्नो वेदना पोख्ने र मिठो चोखो परिकार बनाई नाच गान गर्दै रमाइलो गर्ने हुदा यसलाई पर्वको रुपमा मनाउने हुदा सबै दिदिबहिनीहरुले सब्य र भब्य रुपमा मनाउन आग्रह गर्नु भएको थियो ।
सुभकामना आदानप्रदान कार्यक्रममा त्रिमुर्ती टोल सुधारका सोम कुश्वाहा , केन्द्रका बरिष्ठ उपाध्यक्ष जयालाल साह, सञ्चारकर्मी सन्तोष रन्जितकार, मन्सुर खान , सामुदायिक सेवा केन्द्रका महिला प्रहरी सहायक निरीक्षक , प्रहरी हवल्दार , सामुदायिकका महिला पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
केन्द्रका सचिव दिलिप प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार जगत राईले गरेका थिए ।