अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ भाद्र २२, मंगलवार ०२:२८ बजे

वीरगंज : पर्सामा सशस्त्र प्रहरीले सोमवार बेलुका लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ lपक्राउ पर्ने वीरगंज महानगरपालिका १५ बस्ने दिनेश पटेलको छोरा वर्ष १६ को राजकुमार पटेल  रहेको सशस्त्र प्रहरीका डीएसपी निर्मल कुमार थापाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी निरीक्षक कृष्णा पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो l सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाले भारतबाट झोलामा बोकी नेपालतर्फ ल्याउँदै गरेको लागू औषध  ५ सय नूफीन (noophin) ,५०० सय डाईजेपाम(diazepam) ,५०० सय प्रोमेठाजाइन (promethazine hydrochloride)  सहित पटेललाई  पक्राउ गरेको डीएसपी थापाले बताएका छन् ।

छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वा स्थित पटेल भारतबाट नेपालतर्फ झोला बोकी आउदै गर्दा  संकास्पद लागी  बोर्डरमा रोकेर चेकजाँच गर्दा पक्राउ गर्न सफल भएको हो । थप अनुसन्धानका लागि पटेललाई ईलाका प्रहरी कार्यालय पोखरियामा जिम्मा लगाइएको डीएसपी थापाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय