अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ भाद्र २२, मंगलवार १५:३८ बजे

बिरगन्ज एक्सप्रेस डेस्क,
स्थानीय तहमा कार्यरत धनुषाका कर्मचारीहरूले पनि निजामती सेवा दिवस बहिष्कार गर्दै हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन्।

सोमबार प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएका स्थानीय तहका कर्मचारीहरूले भदौ २२ (आज) मनाइएको निजामति दिवस बहिस्कार गरेका हुन् ।

स्थानीय तहको सेवामा रहँदा सेवारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल स्थानीय तहका सेवामा रहका कर्मचारीलाई कर्मचारी नै मान्न तयार नभएको भन्दै उनीहरू विरोधमा उत्रेका थिए।

निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवा सुविधाको सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरिएको, वृत्ति पथको आधार सुनिश्चित नगरी अन्यौलताको अवस्था सृजना गरिएको तथा स्थानीय तहको सेवारत कर्मचारीको सरुवा व्यवस्थामा कर्मचारीतन्त्रको उपहास गरी दुई पालिकाको सहमतिमा पालिका र प्रमुखको हस्ताक्षर अनिवार्य गरिएको जसले गर्दा जनप्रतिनिधिलाई जबरजस्ती प्रशासनिक कार्यमा प्रोत्साहन गर्दै नातावाद, कृपावाद, अनियमितता, बिचौलिया प्रवृत्ति, चाकडी, चाप्लुसीलाई प्रशय दिने गरेको जनाएको छन् ।

कर्मचारीहरुले आफ्नो हातमा कालोपट्टि बाँधेर विरोध जनाएको धनुषाधाम नगरपालिकाका प्रशासकीय अधिकृत सँजीत दासले जानकारी दिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बायपास गरेको भन्दै विरोध जनाउन बाध्य भएको दासले बताए ।

धनुषाधाम नगरपालिकाका प्रशासकिय अधिकृत संजित प्रसाद दास, प्रसाशकिय अधिकृत साधुशरण यादब, लेखाप्रमुख प्रशान्तदेब यादब, कृषि शाखा प्रमुख प्रेम नरायण यादब लगायतका प्राविधसक क्रमचारि, वडा सचिवहरू र अन्य कर्मचारिहरू तथा कमला नगरपालिका, नगराईन नगरपालिका लागायतका अन्य स्थानिय तहका स्थानिय सेवाका कर्मचारिहरूको उपस्थिति रहेको थियो ।
सभार:- न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय