अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ भाद्र २३, बुधबार १४:०७ बजे

वीरगञ्ज, २४ भदौ

 

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ का विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शुरुवात गरेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय पचरुखीमा साइकल वितरण गरिएको हो ।

पर्सागढी नगरपालिका वडा नम्बर ५का वडाअध्यक्ष असलम आलमको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्साका अधयक्ष रामनरेश प्रसाद यादवले साइकल वितरण अहिले हेर्र्दा सामान्य देखिएपनि भविष्यमा यसको बहुआयामिक प्रभाव पर्ने दावी गरे ।

अँझ छोरी चेलीहरुको विकास र समृद्धि हुन नसकिरहेको यस प्रदेशमा यस कार्यक्रमले उल्लेख्य परीवर्तन गरेको यादवको भनाई छ । विद्यालयमा पहुँचदेखि, उच्च शिक्षा हाँसिलका लागि हौसला थप्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन पनि यसले सघाउ पुग्ने अध्यक्ष यादवको विश्वास छ ।

कार्यक्रममा जसपा पर्साका सचिब तबरेज अहमद, बिरगंज महानगरपालिका न्यायीक समिती सदस्य तुफैल अखतर, समाजवादी दलित महासङ्ह उपाध्यक्ष जगत रामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय