वीरगंज – पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ बणेर्वा टोलका बाढी प्रभावित दलित परिवारले राउटे घर पाएका छन् । नेपाल भारतको सहयोगमा भारतीय दुतावास वीरगंजले दिएको ११ वटा राउटे घरको विभिन्न सामानहरु बुधबार एक कार्यक्रमका बिच बणेर्वा टोलका दलित समुदायलाई हस्तानान्तरण गरिएको छ ।
तत्कालिन गाविस हरपुरका निबर्तमान अध्यक्ष रामबडाई यादवको पहलले उक्त बाढी प्रभावित दलित परिवारले राउटे घर पाएका हुन् । बणेर्वास्थित सिंघाई नदीको किनारमा बसेका दलित बस्तीहरुमा बितेको बाढीले बास बस्न समेत अफ्ठ्यारो रहेको अवस्थामा दुःख र कष्ट भोग्दै आएका ती दलित परिवारको सहयोगी बन्दै निवर्तमान अध्यक्ष यादवले भारतीय दुतावास वीरगंजसंग पहल गरेर उनीहरुको बसोबासका लागि राउटे घरको व्यवस्था मिलाएका हुन ।
वडा नं. ९ का वडा सदस्य बृजु थारु महतोका अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष रामबडाई यादवले गरिब, दलित तथा विपन्नको शिक्षा, स्वास्थ्य, रोजगार, व्यवस्थित घरबार लगायतको उत्थानको लागि आफू सधै चिन्तित रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निबर्तमान अध्यक्ष यादवले जुनसुकै बेला कुनै सहयोग चाहिए आफू कहाँ निर्धक्क आउने समेत बणेर्वा टोलका दलित, गरिब तथा विपन्न परिवारलाई आग्रह गरेका थिए ।
बाढीपछि घर बस्नै समस्या खेप्दै आएका दलित परिवारहरुले व्यवस्थित बास बस्न राउटे घरको सामानहरु पाएपछि आफूहरु धेरै खुसी भएको जोशोदिया देवी माझिनले बताईन् ।
आफूहरुलाई बर्षेनी बर्षातको समयमा सिंघाई नदी किनारमा रहेको घरमा बस्न कठिनाई हुँदै अएपनि न त नगरपालिकाले नै कुनै सहगोग गरेको छ न त वडाले नै केही गरेको बाढी पिडित परिवारहरुको दुःखेसो छ । आफूहरुलाई केही थाहा नभएको अवस्थामा हामीलाई गाउँबाट आफै लगि निबर्तमान अध्यक्ष यादवले व्यवस्थित बस्नको लागि राउटे घरको सामान दिलाएकोमा धन्याबाद समेत व्यक्त गरेका थिए ।
पर्सामै सबैभन्दा पिछिडिएर रहेको एकटाङ्गा गाउँमा जसपा पर्साका जिल्ला सदस्य समेत रहेका नेता यादवकै पहलले २१ सय मिटर लामो दुईवटा जालि भएको नालासहित ढलान सडक पनि बनी नमूना गाउँ बनेको वडा सदस्य बृजु महतो थारुले बताए ।
राउटे घरको सामान पाउनेमा बणेर्वाका टोलका जोशोदिया देवभिि माझीन, देवकी माझि, पुजन माझी, हरिन्द्र माझि, चन्दन माझी, बनु माझी, गिता देवभिि माझिन, रिता देवभिि लगायतयतका रहेका छन् ।
कार्यक्रममा स्थानीय दिनदयाल यादव, नागेन्द्र यादव, ह्दयनारायण गौरो, ठगन पण्डित, हुकुम कुवर, सोनालाल यादव, सत्यनाराण पण्डित, रामजी यादव लगायतको सहभागिता रहेको थियो ।