२०७८ भाद्र २४, बिहीबार १२:१८ बजे

नागेन्द्र साह – महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिका गरी दुई नगरपालिकाबाट विदेश उडाई दिन्छु भनेर ११ जनासंग प्रति व्यक्ति एक लाख तिस हजारको दरले चौधलाख तिस हजार रुपैया सहित एजेन्ट फरार भएको छ ।

फरार हुने मंलगवा धनकौलको सरस्वतीटोल वडा नं. ४ बस्ने कुन्दन कुमार मिश्रा उपनाम (राजन मिश्रा) ले दुवई उडाई दिने भनेर गौशाला नगरपालिका बस्ने वर्ष ३१ को छठु राय यादव, वर्ष ४० को सोलीन्दर सहनी, वर्ष ३४ को सिकिन्र सहनी, वर्ष ३५ को सुरेन्द्र महरा, वर्ष २५ को अनिल महतो, वर्ष १९ को सुनिल महतो, वर्ष १९ को रामकिशोर मुखिया, त्यसै गरी औरही नगरपालिका कञ्चनपुर वस्ने वर्ष ३५ को सिरिया महतो, वर्ष ४० को शिवशंकर महतो, वर्ष ३० को बद्रि मुखिया र वर्ष २० को कारी मुखिया गरी ११ जना संग एकलाख तीस हजारको दरले चौधलाख तिस हजार रुपैया लिई फरार भएको हो ।

एजेन्टसंग चिन्हाजान कसरी भयो ?

गौशाला नगरपालिकामा रहेको ईट्टा भठ्ठामा दैनिकी ज्यालादारी गरी ईट्टा बनाउने काममा विभिन्न ठाउँबाट आएका मजदुरहरुले काम गरिरहेको बेला त्यसै मध्ये एक जनाले कुन्दन कुमार मिश्राको बारेमा राम्रो काम गर्छ भनेर सुनाएका थिए र मिश्रालाई बोलाई कुराकानी भई एस आर मेनपावरबाट दुवईमा लेवरको काममा लगाई दिने र राम्रो पैसा कमाई हुन्छ भनेर विभिन्न किसिमको प्रलोभन दिई प्रति व्यक्ति एक लाख असिहजारको दरले कुराकानी टुंगियो र पासपोर्ट जिम्मा लगाईयो ।

भिसा कस्तो र पैसा कसरी लियो ?

पासपोर्ट लिएको छ महिना पछि मिश्राले तपाईहरुको भिसा आयो अब पैसाको साथ साथ आफु पनि तैयारी हुनुस भनेर जानकारी गराउदा आफुहरुले कोही खेत बेचेर, कोही जोहो गरेर राखेको पैसाले, कोही साहुमहाजनसंग सैकडाको ३ रुपैयामा ब्याजमा उठाई मिश्रालाई तत्काल एकलाख तीसहजारको दरले ११ जनाको पैसा जिम्मा लगाईयो । पैसा जिम्मा लगाई सकेपछि सबै जनालाई मिति २०७७÷११÷२४ गते काठमाण्डौं पु¥याए र १२ दिनसम्म आफुहरुलाई काठमाण्डौमा नै राखे । र त्यस बीचमा आफुहरुले कहिले हामी उडछौ भन्दा विभिन्न वाहाना गरी आजभोली गरी १२ दिनसम्म काठमाण्डौमा राखे र पछि आफ्नै हातले बनाएको भिजिट भिसा हो भनेर थाहा पाए पछि सबै जनाले हामी विदेश जादैनौ हाम्रो पासपोर्ट र पैसा फर्काई दिनु भन्दा त्यँहाका लोकल गुन्डा बोलाई डराई धम्कयाई गराएका थिए ।

काठमाण्डौको गौशालामा रहेको प्रहरी चौकीमा मिश्रा विरुद्ध निवेदन दिए पश्चात मिश्रा आफु त फरार भए तर मिश्राका सह एजेन्टलाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका सहएजेन्टले १५ दिनमा पुनः उडाउने भनेर कागज बनाई प्रहरीको हिरासतबाट छुटेका थिए । र हामी निराश भई काठमाण्डौबाट आ–आफ्नो घरतिर लाग्यो र त्यँहाबाट मिश्रा सम्पर्क विहिन भएको छ । आज आठ महिना वितिसक्यौ तर मिश्राको बारेमा कहि कतैबाट पत्तो समेत लागेको छैन । यता साहुमहाजनले पैसाको ताकेता गरको गरै छ अब हामी घरपरिवारको साथ विचल्लीमा परेको छौ ।

एजेन्ट विरुद्ध कहाँ कहाँ न्यायकोलागी भौतारिदै छ पिडितहरु ?

गौशाला नगरपालिकामा रहेको वैदेशिक स्वरोजगार कार्यालयमा मिति २०७८ साउन १२ गते मिश्रा विरुद्ध निवेदन दिएका थिए । त्यँहाबाट पनि आफुहरुलाई न्याय दिलाउन कुनै किसिमको पहल नभएको पिडितहरु बताउँछन । त्यस पश्चात गौशाला ईलाका प्रहरी कार्यालयमा मिति २०७८ भदौ १९ गते निवेदन दिएको र आफुहरुलाई कुनै किसिमको आश्वासन नपाएको पिडित मुखियाले बताए । अन्त्यमा कहि कसैले नसुनिदिए पछि यस्ता एजेन्टलाई कानुनको दायरामा ल्याई न्याय दिलाउन सम्पूर्ण पत्रकारहरुलाई गुहारेका छन् ।

कस्तो छ परिवारीक अवस्था ?

गौशाला नगरपालिकाका वर्ष ३१ का छठु यादवले आफुसंग भएको सानो टुकिडि खेत बेची मिश्रालाई दिएको थिए । अब त खेत पनि छैन के गरेर घरपरिवार चलाउने मानसिक तनाव छन यादव । प्रायः ११ जनाको आफ्नो नाउँमा घरेरी समेत नभई एलानी जग्गामा बसोवास गर्दै आईरहेको छ । त्यस मध्ये रामकिशोरको घरको पिडा नै अलगै छ , चार बहिनीको समाजिक परम्परा अनुसार विवाह गरेर लगभग १५ लाख साहुको कर्जा भए पश्चात आफु विदेश गएर सबैको पैसा फर्काउने उद्देश्यले विदेश जान लागेको थिए तर मिश्राको कारणले मेरो घरमा बुवा, आमाले अब कसरी साहुको पैसा तिर्ने भनी पिडाले विष खान लाग्दा गाउँलेहरुले सम्झाई बुझाई रेडियो रुपान्तरणको कार्यालयमा आई सबै पिडा सुनाएका थिए ।

घरपरिवारकोे लालन पोषण गर्नका लागी ती गरीब तथा असहायहरुले ईट्टा भठ्ठामा काम गरी दैनिकी गुजारा चलाइरहेको असहयहरुको पैसा लिई मोजमस्तिमा लिप्त रहेको कुन्दन कुमार मिश्रा उपनाम (राजन मिश्रा) जस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला तथा सम्पूर्ण पत्रकारलाई विन्ती समेत गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय