
सुरेश यादव – नवलपरासी ,२६ भदौ । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हीनन्दन गाउँपालिकाका लोहराैली देखि गेरमा सिमाना सम्म जाेड्ने लगभग ७ किलोमिटर सडकमा खाल्डाखुल्डी भएको सडकमा ग्रबेल खसाल्ने काम सुरु भएको छ ।
परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गरेको छन् ।
गेरमा देखि हुँदै नवलपरासी जिल्ला काे सदरमुकाम मा जाेड्ने सडक मा काम सुरु भएको छ । उक्त सडकमा पल्हीनन्दन गाउँपालिकाले सडक मा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छ । उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे सडक प्रदेश सरकार को भएकोले पनि मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।
सडक दिन प्रतिदिन जीर्ण बन्दै गए पछि पाल्हीनन्दनले ग्रबेल खसाल्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले जनकारी दिनुभयाे । सडककाे बीचबीच भागमा खाल्डाखुल्डीमा पानी जामेकाे देखेपछि गाउँपालिकाले चासो लिएको छ ।
याे सडकमा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको थियोे । सडक मर्मत सम्भारमा प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी काे समयमा धुलैधुलाे हुने अनि बर्षा काे समयमा सडककाे बीच भागमा खाल्डाखुल्डी मा पानी जामेर सडकमा आवाज जावात गर्न निकै नै समस्या देखेपछि गाउँपालिका अध्यक्ष दिपक गुपताले काम सुरु भएको बताउनुभयाे ।