अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ भाद्र २६, शनिबार १४:३९ बजे

दिवेश कुमार महतो – धनुषा , २६ भादौ l “हिन्दुत्व जोगाऔं मानवता बचाऔँ” ( SAVE HINDUISM SAVE HUMANITY ) का संयोजक प्रेम झा र हिन्दुवादी युवा अभियानीहरु द्वारा कविर बाल आश्रमको समन्वयमा धनुषाको मुसहर बस्तीमा सिलाई मेसिन हस्तान्तरण गरिएको छ।

कविर बाल आश्रम जनकपुरधामको शाखा रहेको धनुषाको मिथिला नगरपालिका वार्ड नं-३ हरिहरपुरमा कविर बाल आश्रम नजिकै रहेको मुसहर समुदायलाई स्वरोजगार का निम्ति एउटा सिलाई मेसिन हस्तान्तरण गरिएको छ।

छाक टार्न असहज भएका र दैनिकी ज्यालादारी गरेर नै गुजारा चलाउनु पर्ने अवस्था रहेको हरिहरपुर स्थित रहेको मुसहर समुदायमा का बालबालिका तथा महिलाहरु लाई साहेब सत्यनारायण आलोक बाबा को पहलमा सिलाई कटाई को समन्वय गरी स्वरोजगार बनाउने निती अनुरुप राष्ट्रवादी नागरिक समाज धनुषाका संयोजक मुन्नु झा , उप-संयोजक नविन झाको संयोजकत्वमा सिलाई कटाई मेसिन हस्तान्तरण गरी अगामी दिनहरूमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मिथिला नगरपालिका वार्ड नं-३ हरिहरपुर लताम गाछिमा रहेको शाखाको रुपमा स्थापित बाल आश्रम को नेतृत्व गर्दै आएको साहेब सत्यनारायण आलोक को विशेष उपस्थिति , समाजसेवी कपिलदेव मण्डल(धानु), राष्ट्रवादी नागरिक समाज धनुषा र विभिन्न संघ संस्थाहरुमा आबद्ध समाजसेवा गर्दै आएका समाजसेवी सुदिप झा, दिपक चौधरी, राजवंशी मिश्र,रामभरोस महतो, मगहि भाषा अभियानी र रेडियो नेपालमा कार्यरत पत्रकार फुलगेन मगहि,विजय दास,दुग्रेश साह,युवा सुनिल महतो सहित विभिन्न स्थानबाट आएका साधुसन्तहरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय