अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ भाद्र २७, आईतवार ०२:३१ बजे

कपिलवस्तु : विजयनगर गाँउपालिका वडा न ७ गणेशपुरमा आयोजित कार्यक्रममा ३ सय ४० जनाले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । भेलामा विजयनगर गाँउपालिका वडा न ७ को विभिन्न गाँउ वाट नेकपा एमाले पार्टी प्रवेश गर्नेको लहर सुरु भएको नेकपा गाउँकमिटीले जनाएको छ ।

वडा न ७ मा विभिन्न पार्टी परित्याग गरि सबै भन्दा बढी सदस्यहरुले नेकपा एमालेमा आएको विजयनगर गाँउपालिका वडा ७ का वडा कमिटि अध्यक्ष मुजिवुर रहिमनले बताए ।

विजयनगर गाँउपालिकको विकासमा गाँउपालिका अध्यक्ष गोपाल थापाले गरेको प्रगतिको र नेकपा एमालेहरु विजय भएको स्थानमा अरु भन्दा धेरै विकास निर्माण संगै शैक्षिक विकास भएको नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए ।
कपिवस्तुको विजयनगर गाँउपालिक वडा न ७ वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा कपिलवस्तु क्षेत्र न ३ क का लुम्बिनी प्रदेश अर्जुन कुमार के.सी ले (एमाले) प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताए ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापाले १० जना पार्टी सदस्य भएको वडा न ७ गणेशपुरमा अरु पार्टी त्याग गरि एमालेमा प्रवेश गर्नु ठुलो उपल्बधी भएको बताए ।
कार्यक्रमा वडा न ७ का वडा अध्यक्ष दिनेश चौधरीले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत र पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताए । विजयनगर गाँउपालिका वडा न ७ वडा कमिटिका अध्यक्ष मुजिवुर रहिमनको अध्यक्षता र स्वागत मन्तव्य कैलाश भारतीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय