पर्साबाट ६ किलो गाजा सहित बाराका श्रीवास्तव पक्राउ l



सशस्त्र प्रहरीले ६ किलो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उप – महानगरपालीका वडा नं. ७ बस्ने आदेश लाल श्रीवास्तवको छोरा वर्ष अ.१८ को  पवन कुमार श्रीवास्तव रहेका छन् ।

आज मंगलबार दिउसो २ बजेको समयमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वार्ड नः १६ शंकाराचार्य गेट स्थित बिओपि वीरगंज पर्सा बाट सशस्त्र प्रहरी सहायक हवल्दार संजय श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको दिउटी टोलीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जादै गरेको श्रीवास्तवलाई शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो । निजलाई उक्त लागुऔषध गांजा सहित नियन्त्रणमा लिई आवश्यक कारवाही प्रतिक्रियाको   लागि पठाईएको सशस्त्र प्रहरी पर्साका डिएसपि निर्मल थापाले  जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर