
सुरेश यादव – नवलपरासी, २९ भदाै। राष्ट्रिय बाल दिवस २०७८ काे अवसरमा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल बाल संगठन पश्चिम नवलपरासीको आयाेजनामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे हाे ।
सामान्य अवस्था र काेभिड महामारी बाल अधिकार संरक्षण हामी सबैकाे जिम्मेवारी नाराकाे साथ उक्त प्रतियोगिता आयाेजना गरिएकाे संगठनका जिल्ला सभापति पृत्तम पाैडेलले बताउनुभयाे । प्रतियोगिता काेराेना संक्रमण र बालबालिकाकाे भाेगाई बिषयकमा बिधार्थिहरू कविता बाचन गरेका थिए ।
कविता प्रतियोगितामा प्रथम हुने महाकबि देवकाेटा मा वि सुनवलकी सरिन भण्डारी , द्वितीय अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई र तृतिय राजमहात्मा पूर्ण भद्र माबि बर्दघाटकि आरति पाण्डे भएकाे बाल संगठनका जिल्ला सदस्य शर्मिला पाैडेलले जानकारी दिनुभयाे । प्रथम हुनेलाई पाँचहजार,प्रमाणपत्र शिल्ड,द्वितीयलाई तीन हजार प्रमाणपत्र शिल्ड र तृतियलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएकाे संगठनका सचिव माेहन पाैडेलले जानकारी दिनुभयाे ।जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगितामा जिल्लाका २३ मावि तहका बिधालयबाट बिधार्थीहरूकाे सहभागिता रहेकाे सचिव पाैडेलले बताउनुभयाे ।
नेपाल बाल संगठन पश्चिम नवलपरासीका सभापति पृतम पाैडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायकाे प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएकाे थियाे ।